२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

सामान किन्दा एल आकारमा एक मिटर दूरी

अर्को व्यक्तिको सीधा नजिक जाँदा मुखबाट निस्कने थुकको छिटाबाट कोरोना भाइरस सर्न सक्ने भएकाले आपसमा एल आकारमा एक मिटरको दूरी राख्न चिकित्सकले सुझाएका छन्।

‘कोरोना जाँचको दायरा बढाउनुपर्छ‘

दायरा बढाउँदा शंका लागेका बिरामीमात्र होइन, इच्छुक अन्यले पनि परीक्षण गराउन पाउँछन्। खासमा बन्दाबन्दीको स्थिति पनि आक्रामक ढंगले परीक्षण गर्न सकियोस् भन्नका लागि नै हो।

ताप्लेजुङमा १ सय ५ शैयाको क्वारेन्टाइन र १४ शैयाको आइसोलेन कक्ष

ताप्लेजुङमा कम्तिमा १ सय ५ शैयाको क्वारेन्टाइन र १४ शैयाको आइसोलेसन कक्ष तयार हुने भएको छ। ९ स्थानीय तह रहेको यहाँका ८ वटा गाउँपालिकामा ८० र फुङ्लिङ नगरपालिकामा ३५ शैयाको क्वारेन्टाइन तयार हुने भएको हो।

कोरोना कोषमा धादिङका सांसदहरुको एक महिनाको तलब

धादिङका प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुले सरकारले स्थापना गरेको कोरोना कोषमा आफ्नो सांसद वापतको एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन्। प्रतिनिधिसभाका सदस्य भुमिप्रसाद त्रिपाठी, बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि शालिकराम जमरकट्टेल, सासंदहरु राजेन्द्रप्रसाद पाण्डे, डा. रामकुमार अधिकारी र जगत सिंखडाले कोरोना कोषमा एक महिनाको पारिश्रमिक बापतको रकम जम्मा गर्ने घोषणा गरेका हुन्।

कपिलवस्तुका मुस्लिम समुदायले घरमै पढे बिशेष नमाज

कोरोना भाइरसको त्रास बढेपछि सरकाले लकडाउन गरेको बेला मुस्लिम समुदायको दोश्रो बढी बसोबास रहेको कपिलवस्तुका मुस्लिम समुदायले शुक्रबार जुमाको दिन मस्जिदमा नपढी घरमै नमाज अदा गरेका छन्। भीडभाडमा कोरोना फैलन सक्ने जोखिम रहेको र सरकारले समेत लकडाउन गरेकाले घरमै बसेर जमुको बिशेष नमाज पढेका हुन्।

अर्घाखाँचीमा १६ जना क्वारेन्टाइनमा

सन्धिखर्कको हटारीनेटामा निर्माण गरिएको क्वारेन्टाइनमा बस्नेको संख्या १६ पुगेको छ। सबै १६ जना भारतबाट रोजगारी गरी घरमा फर्किएका हुन्।

पाँचथरमा दुई जनालाई आइसोलेसनमा राखियाे

ज्वरो र खोकी देखिएपछि पाँचथरमा दुई जनालाई आइसोलेसनमा राखिएको छ। हालै भारतबाट आएका एक जनालाई यस्तो लक्षण देखिएपछि परिवारका एक सदस्यसहित दुई जनालाई आइसोलेसनमा राखिएको हो।

कोरोनाको जोखिममा सुरक्षाकर्मी

कोरोना संक्रमणको भय बढिरहेका बेला सुरक्षाकर्मी समेत जोखिममा देखिएका छन्। कोरोनाको आशंका गरिएका व्यक्तिको नजिक रहेर काम गर्नुपर्ने भएकोले ‘पर्सनल प्रोटेक्टिभ इक्पिमेन्ट’ (पिपिई)को अभावमा सुरक्षाकर्मीलाई पनि जोखिम रहेको सुरक्षाकर्मीहरुको भनाइ छ।

रसुवामा २ सय ११ शैयाको क्वारेन्टाइन र ५५ शैयाको ‘आसोलेसन’ सञ्चालन

रसुवामा २ सय ११ शैयाको क्वारेन्टाइन र ५५ शैयाको आसोलेसन सञ्चालनमा आएको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि क्वारेन्टाइन र आसोलेसन सञ्चालनमा ल्याइएको हो।

ईट्टाभट्टाबाट फर्केका एक जनालाई आईसोलेसनमा राखियो

रोल्पा अस्पतालमा एक ब्यक्तिलाई आईसोलेसनमा राखिएको छ। रोल्पा नगरपालिकाका ५८ वर्षिय एक व्यक्ति ३ दिन अगाडि काठमाण्डौस्थित एक ईट्टाभट्टाबाट मजदुरी गरेर फर्केका थिए।

साकिराको कम्पनीले स्यानिटाइजर बनाउँदै

संसारभर फैलिरहेको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि रकम जुटाउन गायिका साकिराको परफ्युम उत्पादन गर्ने कम्पनीले स्यानिटाइजर तयार गरिरहेको छ।

लकडाउनमा ‘भर्चुअल नाटक महोत्सव’

कोरोना भाइरस संक्रमण रोकथामको लागि सरकारले लकडाउन गरिरहेको अवस्थामा विश्व रंगमञ्च दिवसको अवसर पारेर ‘भर्चुअल रंगमञ्च महोत्सव’ हुने भएको छ।

विदेशबाट आएकालाई अनुहार हेरेर औषधि

पश्चिम म्याग्दीको तीनवटा गाउँपालिकाका जनतालाई सेवा दिइरहेको मालिका गाउँपालिका–६ दरबाङमा अवस्थित प्राथमिक उपचार केन्द्रमा बिरामीलाई चेक गर्दा चिकित्सकले लगाउने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट) छैन।

स्वास्थ्यकर्मीले माइकिङ गर्छन् , वडाध्यक्षले मोटरसाइकल चलाउछन्

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसबारे गाउँ-गाउँमा बिभिन्न प्रकारले सचेतनामुलक अभियान चलिरहेका छन्। स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, स्थानीय बुद्धिजिबिले आफ्नो मौलिकतामा जानकारी फैलाउने गरेका हुन्। यसैबीच रोल्पाको लुङग्री गाउँपालिका-१ पाङका गाउँगाउँमा सचेतना फैलाउन वडाध्यक्ष र स्वास्थ्य चौकी इन्चार्ज आफै खटिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्