१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

अर्घाखाँचीमा १६ जना क्वारेन्टाइनमा

हटारीनेटा स्कुलमा निर्माण गरिएको क्वारेन्टाइन ।

अर्घाखाँची- सन्धिखर्कको हटारीनेटामा निर्माण गरिएको क्वारेन्टाइनमा बस्नेको संख्या १६ पुगेको छ। सबै १६ जना भारतबाट रोजगारी गरी घरमा फर्किएका हुन्।

भारतबाट आएका उनीहरुलाई रोग नफैलियोस् भनेर सजगताका लागि क्वारेन्टाइमा राखिएको डाक्टर कपिल गौतमले बताए। ९ जना घरमा पुगेर उपचारको लागि आएका र ७ जना सिमानामा अलपत्र परेर उद्धार गरी ल्याइएका १६ जनालाई राखिएको उनले बताए।

उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर निगरानी गरिने सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताए। गड्डाचौकी नाका भएर आएका अर्घाखाँचीका २९ वर्षीय एक जना हालसम्म सम्पर्कमा नआएकाले खोजी भइरहेको उनको भनाई छ।
 

 

 

प्रकाशित: १४ चैत्र २०७६ ०९:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App