७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कोरोना कोषमा धादिङका सांसदहरुको एक महिनाको तलब

धादिङ- धादिङका प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुले सरकारले स्थापना गरेको कोरोना कोषमा आफ्नो सांसद वापतको एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन्। प्रतिनिधिसभाका सदस्य भुमिप्रसाद त्रिपाठी, बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि शालिकराम जमरकट्टेल, सासंदहरु राजेन्द्रप्रसाद पाण्डे, डा. रामकुमार अधिकारी र जगत सिंखडाले कोरोना कोषमा एक महिनाको पारिश्रमिक बापतको रकम जम्मा गर्ने घोषणा गरेका हुन्।

विश्वभरी महामारीको रुपमा फैलिएका कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पनि देखिएको अवस्थामा सबै तवरले तयारी रहन र सावधानी अपनाउन सहयोग गरिएको सांसदहरुले बताएका छन्। सासंदहरुले कोरोनाको सन्त्रासले आर्थिक तथा स्वास्थ्य क्षेत्रमा परेको जटिल समस्यालाई विशेष ध्यानमा राखी सेवा तथा सहयोग गर्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, उद्योगी व्यावसायीहरुलाई आग्रह गरेका छन्।

साथै तीनै तहका सरकारले व्यवस्थित र प्रभावकारी काम गरिरहेकाले आतंकित नभई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह पनि गरेका छन्। कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै धादिङका १३ वटै स्थानीय तहहरुले क्वारेन्टाइन स्थल निर्माण गरेका छन्।

प्रकाशित: १४ चैत्र २०७६ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App