७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

क्यानडाविरुद्ध नेपाल १ सय ८१ रनमा अलआउट, सन्दीपले ४९ रन बनाए

क्यानडाविरुद्ध नेपाल आइसिसी विश्वकप लिग मा  १ सय ८१ रनमा अलआउट हुन पुगेको छ ।

क्यानडाको किंग सिटीमा आइतवार टस जितेर  नेपालले पहिले ब्याटिङ  गर्दै  ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि  सबै भन्दा वढि सन्दीप लामिछानेले ४८ बलमा सर्वाधिक ४९ रन जोडे । उनले ५ चौका र १ छक्का प्रहार गरे। सन्दीपको एकदिवसीय क्रिकेटमा   यो उत्कृष्ट ब्याटिङ प्रदर्शन हो । यस अघि उनले  सन् २०२३ मा पिएनजीसँग ५० बलमा नट आउट ३५ रन बनाएका थिए ।

गुलशन झाले ५६ बलमा ३४ रन बनाए । आरिफ शेखले ३३ बलमा १० रन मात्र बनाए ।

सोमपाल कामीले  ४८ बलमा २१ रन बनाए । करण केसी २८ बलमा २४ रन बनाए ।क्यानडाका लागि कलिम सानाले ३, हर्ष ठाकर र डिलोन हेलिगरले दुई दुई  तथा सादविन जाफर र प्रविन कुमारले समान १ विकेट लिए ।  

जवाफमा ताजास्थीतीमा क्यानडाले   ८ ओभरमा १  विकेट गुमाएर  २६  रन बनाएको छ । क्यानडाको पहिलो विकेट करण केसीले लिएका हुन । 

प्रकाशित: ७ आश्विन २०८१ ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App