२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

११ वर्षिय बालक आइसोलेसनमा

जुम्लामा एक ११ वर्षिय बालकलाई उच्च ज्वरो देखिएसंगै आइसोलेसनमा राखिएको छ। तातोपानी गाउँपालिकाको सो बालकलाई चेकजाँचका क्रममा उच्च ज्वरो देखिएपछि सिंधै आइसोलेसनमा राखिएको कर्णाली प्रतिष्ठानका डक्टर सुनिल बुढाथोकीले जानकारी दिए।

ज्यालादारी गर्नेहरुलाई दश किलो चामल र दुई किलो दाल घरमै पुर्‍याइने

तिलोत्तमा नगरपालिकाले दैनिक ज्याला मजदुरी गरेर जिवीकोपार्जन गर्नेहरुलाइ राहत प्रदान गर्ने भएको छ। लकडाउनका कारण ज्याला मजदुरी रोकीएर समस्यामा परेका अति विपन्न मजदुर परिवारलाइ राहत स्वरुप दाल चामल र नुन उपलब्ध गराउने नगरपालिकाले जनाएको छ।

पीपीईबिनै स्वास्थ्य जाँचमा स्वास्थ्यकर्मी

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि खटाइएका स्वास्थ्यकर्मी आवश्यक सामग्रीको अभाव झेल्न बाध्य छन्। जिल्लाका स्वास्थ्यकर्मी पीपीई (पर्सनल प्रोटेक्टिम इक्वीपमेन्ट) लगायतका आवश्यक सामग्री अभावकाबीचमा बिरामीको स्वास्थ्य चेकजाँच तथा आवश्यक परामर्शका काममा खटिइरहेका छन्।

रामेछापको स्थानीय तहमा आइसोलेसन कक्ष तयार हुँदै

विश्वभर तिव्र रुपमा फैलिरहेको कोरोना भाइरस कोडिभ–१९ को संक्रमणलाई मध्यनजर गर्दै रामेछापका विभिन्न स्थानीय तहमा आइसोलेसन कक्ष तयार हुँदै छ।

तेह्रथुममा २९ जना होम क्वारेन्टाइनमा

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउन घोषणा भएसँगै तेह्रथुमको म्याङ्गलुङमा जिल्लाबाहिरबाट आएका २९ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ।

घरमै पुगेर मास्क र साबुन वितरण गर्दै युवा

रसुवाको नौकुण्ड गाउँपालिकामा घरघरमै गएर युवाहरूले मास्क र साबुन वितरण गरेका छन्। गाउँपालिकाको साझा चौतारी युवा क्लबका युवाहरूले घरघरमै पुगेर मास्क र साबुन वितरण गरेको हुन्।

दैलेखमा १० जनामा ज्वरो देखियाे

दैलेखका चार स्थानीय तहमा १० जनामा ज्वरो देखिएको छ । ज्वरोका विरामीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा आएपछि निगरानीमा राखिएको जनाइएको छ। दैलेखमा ज्वरोका विरामीहरु देखिएपछि निगरानीमा राखिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए। ज्वरो देखिनेमा भारतबाट फर्किएकाहरु र गाउँमै बसेकाहरुमा देखिएको हो।

विदेशबाट फर्किएका युवा खोज्दै नगरपालिका

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले विदेशबाट फर्किएका युवाको घरैमा पुगेर स्वास्थ्य जाँच गर्ने र उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा राख्न सुरु गरेको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनका लागि नगरपालिकाले भर्खरै मात्र विदेशबाट घर आएका युवाको खोजी गर्दै घरैमा पुगेर स्वास्थ्य जाँच गर्ने र उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा राख्न सुरु गरेको हो।

उदयपुरका बेलकामा २० र चौदण्डीगढीमा २९ बेडका क्वारेन्टाइन

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न र बचाउन उदयपुरका बिभिन्न स्थानीय तहले क्वारेन्टाइन र हेल्थ डेस्क स्थापना गरेर सञ्चालनमा ल्याएका छन्। यसैबीच बेलका नगरपालिकाले २ नं. वडा भागलपुर बान्डाँडामा २० बेडको क्वारेन्टाइन स्थापना गरेर सञ्चालनका लागि तयारी गरेको छ।

प्रदेश २ सरकारद्वारा २५ करोड कोष र तीन वटा ल्याव स्थापना गर्ने निर्णय

कोराना भाइरस (कोभिड १९) को नियन्त्रण तथा यसबाट प्रभावित भएकाहरुलाई राहत उपलब्ध गराउन प्रदेश २ सरकारले २५ करोडको राहत कोषको स्थापना गरेको छ।

संक्रमित किशोरीसँगै आएका रुपन्देहीका ३ जनालाई क्वारेन्टाइनमा राख्न बेवास्ता

संक्रमित युवतीसँगै कतार एयरवेजबाट हवाइ यात्रा गरेर आएका रुपन्देहीका तीन जनालाई अहिलेसम्म क्वारेन्टाइनमा राखिएको छैन। कोरोना संक्रमणको सम्भाबित जोखीमबाट बच्न युवतीसंगै हवाइ यात्रा गरेकाहरुको पहिचान गरी क्वारेन्टाइनमा राख्न भनिए पनि रुपन्देही प्रशासनले त्यसको बेवास्ता गरेको छ।

अन्यत्रबाट जाजरकोट आएका ४९ जना सैनिक ब्यारेकभित्रको क्वारेन्टाइनमा

कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउदै जाजरकोटस्थित नेपाली सेनाको गणले जिल्लामा भित्रिएका ४९ जना सैनिकहरुलाई आफैले निर्माण गरेको क्वारेन्टाइनमा राखेको छ।

रोल्पा अस्पतालमा आयो पीपीई

रोल्पा अस्पतालमा कोरोना संक्रमणका सम्भावित बिरामीलाई सेवा दिनका लागि चिकित्सकसंग उपकरण नभएको गुनासो आइरहदा रोल्पा नगरपालिकाको पहलमा केहि सामाग्री थपिएको छ।

संक्रमित युवतीसँगै आएका दुईसहित ताप्लेजुङका चार जना क्वारेन्टाइनमा

फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी कोरोना संक्रमित युवतीसँगै यात्रा गरेका ताप्लेजुङका दुई यात्रुसहित ४ जना क्वारेन्टनमा पुगेका छन्। चार जनामध्ये एक यात्रुलाई उनको श्रीमती र छोरीसहित क्वारेन्टाइनमा राखिएको हो।

ताप्लेजुङमा पत्रपत्रिकाको प्रकाशन बन्द

देशभर गरिएको लक डाउनका कारण ताप्लेजुङबाट प्रकाशित पत्रपत्रिकाको प्रकाशन बन्द भएको छ। यहाँबाट प्रकाशित एकमात्र दैनिक पत्रिका उज्यालो पोष्ट र फक्ताङ्लुङ दर्पण साप्ताहिकको प्रकाशन बन्द गरिएको सम्बन्धित संस्थाका प्रकाशकहरुले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्