२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

डेढ दर्जन नेपाली दिल्लीमा अलपत्र, हिडेरै नेपाल आउने तयारीमा

यहाँ पुगेपछि सरकारले लकडाउन गरेछ। कही जानै सकिएन।' उनले भने, ‘ होटेलले पनि बस्न दिँदैनन्। पुलिसले हिड्दा पनि गाली गर्छ। दुई दिनदेखि खाना पनि खाएका छैनौं। साँझबाट त पानी पनि पाइदैन।’

कोरोना संक्रमित महिलासँगै विमानमा आएकालाई क्वारेन्टाइन पठाइयो

फ्रान्सबाट नेपाल आएकी कोराना संक्रमित महिला चढेको विमानमै कतारबाट आएका पाँचथरका दुई जनालाई मोरङको टाडीमा रहेको क्वारेन्टाइनमा राख्नका लागि लगिएको छ। उनीहरुलाई घरैबाट एम्बुलेन्सले बुधबार साँझ मोरङतर्फ लगिएको हो।

घरैमा सामान्य अभ्यास गर्दै खेलाडी

विश्व अहिले कोरोना भाइरसका कारण आक्रान्त छ । सबै खेलकुद गतिविधि पूर्ण रूपमा ठप्प छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित प्रतियोगिता पनि अनिश्चितकालका लागि स्थगित भएका छन् । नेपालमा पनि कोरोनाको त्रासले खेलकुद गतिविधि अनिश्चित कालका स्थगित गरिएको छ ।

रोजगारीमा रहेका नेपालीबारे भिडियो कन्फरेन्सबाट जानकारी

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले पाँच मुलुकमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिन त्यहाँ रहेका नेपाली नियुगप्रमुखसँग छलफल गरेका छन्।

प्रदेश तहमा प्रयोगशाला परीक्षण नहुँदा सकस

प्रदेश २ का स्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको(कोभिड–१९) नमुना परीक्षणको दायरा बढाउन आवश्यक रहेको सुझाव दिएका छन्।

खोइ किटनाशक धुलो र पाउडर छर्किएको ?

कोरोनाबाट प्रभावित अन्य मुलुकहरुमा कोरोनो नियन्त्रणको लागि किटनाशक घोल र पाउडरको प्रयोग बढ्दो छ।

बिहान १० देखि १२ बजे सम्म मात्र पास उपलब्ध गराउने

भक्तपुरमा विशेष पास पाएकाहरुले पनि अव विहान १० बजेदेखि १२ बजेसम्म मात्रै हिड्दुल गर्न पाउने भएका छन्।

विदेशी नागरिकलाई स्वदेश फर्कन सहजिकरण गरिने

सरकारले विभिन्न देशबाट स्वीकृतिमा नेपाल आएका विदेशी नागरिकलाई आफ्नो देश फर्कनका लागि सहजीकरण गर्ने निर्णय गरेको छ।

महानगरले सर्वजनिक स्थानमा कीटनाशक औषधी छर्दै

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई महानगर क्षेत्रभित्र फैलिन नदिन बुधबारबाट सार्वनिक स्थालनमा(डिस्इन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको छ।

नेपालगन्जबाट भागेर जाजरकोट आएका दर्जन बढीलाई सेल्फ क्वारेन्टाइनमा राखियो

कामका लागि भारत गएका र कोरोना संक्रमणको त्रासले जिल्ला फर्किएका एक दर्जन बढी स्थानीयलाई घरमै सेल्फ क्वारेन्टाइनमा राखिएको छ। जिल्लाको भेरी नगरपालिका र शिवालय गाउँपालिका घर भएका ती व्यक्तिहरुलाई परिवारका सदस्यहरु बाहेक कसैको पनि सम्पर्कमा जान नपाउने गरि घरमै सेल्फ क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए।

कोरोना संक्रमित किशोरीसँगै नेपाल आएका चारै जनाको पहिचान

कोरोना संक्रमित किशोरीसँगै हवाई यात्रा गरेका बाँकेका चार जनाको प्रहरीले पहिचान गरेको छ। गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आइपुगेकी १९ वर्षिया एक किशोरीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी स्वास्थ्य मन्त्रालयले गरेको थियो। किशोरीसँग हवाई यात्रा गरेका मध्ये चार जना बाँकेका रहेको भन्दै जिल्लामा पत्र आएपछि प्रहरीले खोजी सुरु गरेको थियो।

भारतबाट आएका २१ जनालाई कटारी क्वारेन्टाइनमा राखिने

भारतको सिलगुढीबाट फर्केका २१ जनालाई उदयपुरको कटारीस्थित क्वारेन्टाइनमा राखिने भएको छ। नेपाल–भारत सीमा काकडभिट्टाबाट बस चढेर आएका उनीहरुलाई कटारीस्थित बसपार्कमा फेला पारी क्वारेन्टाइनमा राख्न लागिएको हो।

सिन्धुलीमा ३९ बेडको क्वारेन्टाइन तयार

सिन्धुलीमा क्वारेन्टाइन तयार गरिएको छ। ३९ बेडको क्वारेन्टाइन तयारी भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए। जिल्ला भू-संरक्षण कार्यालयको भवनमा यहाँको बर्दबहादुर गण, नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला अस्पतालको सहयोगमा कमलामाई नगरपालिकाले क्वारेन्टाइन तयार पारेको हो।

संक्रमण नफैलियोस भन्दै नगरपालिकाद्वारा पूजा र बलि

जिल्लामा कोरोना भाइरसको संक्रमण नफैलियोस भन्दै यहाँको एक नगरपालिकाले भगवती मन्दिरमा बलि बोका चढाएर विशेष पूजाआजा गरेको छ। नेपालमा पनि कोरोना संक्रमित युवती फेला परेको समाचारसंगै देश पूर्णरुपमा लकडाउनमा रहेको बेला त्रिपुरासुन्दरी नगरपालिकाले नगरका ११ वटै वडाबासी लगायत जिल्लाबासी र नेपाली जनतामा कोरोना लगायतको कुनै पनि प्रकारको संक्रमणले अकालमा ज्यान नजाओस भन्दै चैते दशैको घटस्थापनाको दिन पारेर बोका बलि चढाएर पूजाआजा गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्