२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

सिन्धुलीमा ३९ बेडको क्वारेन्टाइन तयार

सिन्धुलीमा तयार पारिएको क्वारेन्टाइन बस्नका लागि आवश्यक बेडहरु । तस्बिर: अनिल/नागरिक

सिन्धुली- सिन्धुलीमा क्वारेन्टाइन तयार गरिएको छ। ३९ बेडको क्वारेन्टाइन तयारी भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए। जिल्ला भू-संरक्षण कार्यालयको भवनमा यहाँको बर्दबहादुर गण, नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला अस्पतालको सहयोगमा कमलामाई नगरपालिकाले क्वारेन्टाइन तयार पारेको हो।

'हामीले ५० बेडको क्वारेन्टाइन तयार गर्न लागेका हौ, तर तत्काल क्वारेन्टाइन तयार पारिएको भवनमा ३९ बेड मात्रै राख्न मिल्ने अवस्था आएकाले ३९ बेडको तयार गरेका छौ, थप अन्यन्त्र बनाउने तयारी भएको छ,' कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले भने। जिल्ला अस्पताल सिन्धुलीका मेसु डा. लक्ष्मण खड्काले क्वारेन्टाइनमा आवश्यक पर्ने सम्पूर्ण सुविधासहित तयार भएको बताए।

हालसम्म जिल्लामा पाँच बेडको आइसोलेसन निर्माण भएको छ, प्रजिअ पाण्डेले नागरिकसँग भने, 'जिल्ला अस्पतालमा तीन बेडको र खुर्कोट अस्पतालमा २ बेडको आइसोलेसन वार्ड स्थापना भएको छ, अन्य स्थानीय तहमा समेत आइसोलेसन निर्माण गरिएको जानकारी आएको छ।' उनले जिल्ला सदरमुकामस्थित कमलामाई नगरपालिका ६ राम्माडीमा केहि समय सञ्चालन भएर हाल बन्द रहेको एपोलो हस्पिटल प्रा.ली.लाई थप आइसोलेसन विस्तारका लागि पहल सुरु भएको जनाए।  


                                     

प्रकाशित: १२ चैत्र २०७६ ०९:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App