२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मिल्टन आँधीका कारण फ्लोरिडाका ३० लाख घर डुबानमा, ४ जनाको मृत्यु

अमेरिकाको फ्लोरिडामा मिल्टन आँधीका कारण ३० लाख घर डुबानमा परेका छन्।

बुधवार राति फ्लोरिडासँग ठोक्किएको मिल्टन आँधीका कारण सेन्ट लुसिया राज्यमा ४ जनाको मृत्यु भएको छ।

आँधीका कारण ३० लाख घर डुबानमा परेपछि बिजुली र खानेपानीको अभाव सुरु भएको बीबीसीले जनाएको छ।

फ्लोरिडाको सेन्ट पीटर्सबर्गमा खानेपानीको अभाव देखिएको हो।

टैम्पाको पूर्वीय क्षेत्रमा ३५ जनाको उद्धार गरिएको छ भने सर्वसाधारणलाई दूषित पानीको सेवनबाट जोगिन पनि सल्लाह दिइएको छ।

प्रकाशित: २४ आश्विन २०८१ २०:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App