एन्फा राष्ट्रिय लिग अन्तर्गत आज तीन खेलहरू हुँदैछन्।
जारी प्रतियोगितामा शुक्रबार पहिलो खेल अखिल नेपाल फुटबल संघ (एन्फा) कप्लेसकमा श्री भगवती क्लब र नवजन जागृति क्लबबिच खेल ११ बजेबाट भइरहेको छ।
त्यस्तै, आज हुने दोस्रो खेलमा सातदोबाटो यूथ क्लब र मनाङ मर्स्याङ्दी क्लबबिच खेल दिउँसो २ बजे हुनेछ। उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
आजै हुने तेस्रो खेल बेलुका ६:३० बजे दशरथ रंगशालामा लालीगुराँस एसोसिएसन र नेपाल पुलिस क्लबबिच भिडन्त हुनेछ।
प्रकाशित: ९ माघ २०८२ १२:२१ शुक्रबार





