२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

भैरहवामा कोरोना उपचार केन्द्र र ल्याब बन्ने

भैरहवास्थित भिम अस्पतालमा रहेको आइसोलेसन कक्षलाई कोरोना उपचार कक्षको रुपमा स्थापना गर्न लागिएको छ। प्रदेश सरकारको मन्त्री परिषदको निर्णय अनुसार भीम अस्पताललाई कोभिड–१९ समर्पित अस्पतालको रुपमा विकसित गर्ने निर्णय बमोजिम कोरोना उपचार कक्षको रुपमा स्थापना गर्न लागिएको हो।

संक्रमित युवतीसँगै यात्रा गरेका सम्भावित २ जनाको ताप्लेजुङमा खोजी

फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी कोरोना संक्रमित युवतीसँगै यात्रा गरेका सम्भावित २ जनाको प्रहरीले ताप्लेजुङमा खोजी गरिरहेको स्रोतले जनाएको छ।

दुई सातायता विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरिदै

धरान उपमहानगरपालिकाले विगत दुई सातामा विदेशबाट आएका व्यक्तिहरुको खोजी गर्न थालेको छ। कोरोना भाइरस(कोडिभ १९)को संक्रमणको जोखिम न्यूनीकरणको लागि गृहमन्त्रालयको निर्देशन अनुसार उपमहानगरले पनि तथ्यांक संकलन गर्न थालेको हो।

संक्रमित युवतीसँग नेपाल आएका चार जनाको सुनसरीमा खोजी

फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी कोरोना संक्रमित युवतीसँगै यात्रा गरेका ४ जनाको प्रहरीले सुनसरीमा खोजी गरिरहेको छ। ती युवतीसँगै आएका ४ जनाको घर सुनसरी भएको खुलेपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको हो।

भैरहवामा लकडाउन थप प्रभावकारी

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले मंगलबारदेखि गरेको लकडाउन दोस्रो दिन अझै प्रभावकारी देखिएको छ। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गरेको लकडाउनमा सुरक्षा संयन्त्र कडा रुपमा लागेपछि रुपन्देहीको भैरहवा क्षेत्रमा पहिलो दिन भन्दा आज थप प्रभावकारी देखिएको हो।

युरोपा र च्याम्पियन्स लिगको फाइनल सार्ने

युइएफएले मे महिनाका लागि निर्धारित च्याम्पियन्स लिग, युरोपा लिग र वुमेन्स च्याम्पियन्स लिगको फाइनल सार्ने सोमबार जनाएको छ ।

आर्सनलका प्रशिक्षक संक्रमण मुक्त

इङ्लिस क्लब आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले आफू कोरोना भाइरसको संक्रमण मुक्त भएको बताएका छन् ।प्रिमियर लिगमा आर्टेटा पहिलो पटक कोरोना भाइरस संक्रमित प्रशिक्षक हुन् । उनलाई गत मार्च १२ तारिख कोरोना संक्रमण पुष्टी भएको थियो । गत फेब्रुअरीमा युरोपा लिगअन्तर्गत ओलम्पियाकोससँगको खेलका क्रममा प्रशिक्षक आर्टेटालाई संक्रमण देखिएको थियो ।

टोकियो ओलम्पिक एक वर्ष सर्‍यो

विश्वभर महामारीको रूपमा पैmलिएको कोरोना भाइरस कारण विश्वका एक पछि अर्को खेलकुद प्रतियोगिताहरू रद्द हुँदै गएका छन् ।

‘दिल्लीमा २४ घन्टामा नयाँ संक्रमण भेटिएन’

मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड–१९)को नयाँ संक्रमण पुष्टि नभएको बताएका छन् ।

भारतमा २१ दिन ‘लकडाउन’

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण गर्न भारतमा आज राति १२ बजेदेखि ‘लकडाउन’ गरिने भएको छ ।

अत्यावश्यक सेवामा पनि बाधा

स्युचाटार बस्दै आएका धनगढीका धनबहादुर शाह मंगलबार विहान किराना पसलको खोजीमा भौतारिँदै थिए । सोमबार मात्र लामो समयपछि फर्किएका उनी खाद्यान्न पसल बन्द नहुने खबर पाएर ढुक्क थिए । तर बजारमा कुनै पसल पनि खुलेको भेटेनन् । उनले भने, ‘कलंकीसम्मका साना–ठूला पसल चहारेँ कतै खुलेको भेटेन ।’ आफ्नो पसलबाहिर बसेको भेटिएका केही व्यापारीले प्रहरीले बन्द गराउँदै हिँडेको बताए । प्रहरीले भने आफूहरुले बन्दको लागि जबरजस्ती नगरेको तर सुरक्षामा ध्यानाकर्षण मात्र गराएको बताउँछन् ।

समस्याका बेला विदेशका नियोग सक्रिय

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा विदेशमा रहेका नेपालीलाई सुरक्षित राख्न गन्तव्य मुलुकका नेपाली राजदूतावासहरू सक्रिय भएका छन् ।

स्वास्थ्य संकटकाल

सरकारले मंगलबार बिहानदेखि साताव्यापी बन्दाबन्दी अर्थात् ‘लकडाउन’ गरेपछि नागरिक कार्यालय सुन्धारा पुग्न सडकमा निस्कँदा यो सम्पूर्णरूपमा शून्य देखियो । ठाउँठाउँमा रहेका सुरक्षाकर्मीले यदाकदा हिडिँरहेका सवारीलाई रोक्ने र सोध्ने काम गरिरहेका थिए । यस्तो बन्द स्थिति विगतका विभिन्न राजनीतिक उथलपुथलमा ३० वर्षदेखि देख्दै आएको छु । तर यस्तो शून्यता यसअघि देखिएको थिएन ।

घरै बसौँ

सरकारले मुलुकलाई ‘लकडाउन’ गरेको छ । यसको मतलव मानिस सकेसम्म घरभित्रै बस्ने, अरु मानिसको सम्पर्कमा नजाने हो । आफूमात्रै हैन, सिंगै परिवार र आफन्तलाई समेत यसका लागि प्रेरित गर्ने हो ।

कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि १० करोडको कोष स्थापना

मुलुक लकडाउन गरेर सीमा नाका थुनिएपछि प्रदेश र स्थानीय सरकारलाई कोरोनाविरुद्धको तयारीमा जुट्न सहज भएको छ। लकडाउन नहुँदासम्म सम्पुर्ण ध्यान खुला सीमातिर केन्द्रीत गर्नुपर्ने बाध्यतामा रहेका सरकारी अङगहरुले अन्य तयारीमा सहयोग भएको बताएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्