२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रुपन्देहीमा लकडाउन उल्लंघन गर्ने दुई सय सवारी साधनसहित तीनजना पक्राउ

रुपन्देहीमा सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै चलाइएका दुई सय बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुटवल, भैरहवा लगायतका क्षेत्रबाट २ सय बढी सवारी साधान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए।

सरकारको कोषलाई कांग्रेसको ५० लाख रुपैयाँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको जोखिम सामना गर्न सरकारले निर्माण गरेको कोषमा सहयोग गर्ने भएको छ।

बाँकेका सिडिओ भन्छन्, ‘अब त कुनै पनि हालतमा छोडिदैन’

भारतमा रोजगारी, औषधी उपचार र आफन्तको घरबाट फर्केका नेपाली नागरिक मंगलबार पनि रुपैडिहामा अलपत्र परेका छन्। नेपालगन्जस्थित नेपाल–भारत सिमानाका पुर्ण रुपमा बन्द भएपछि उनीहरु सिमा प्रवेश हुन नपाएर अलपत्र परेका हुन्।

तयारी अवस्थामा अस्पताल

कोरोना महामारीको त्रास बढेसंगै केही दिन अगाडी पूर्व तयारी भन्दै चारवटा कोठालाई आइसोलेसन कक्षका रुपमा र जिल्ला अस्पताल रोल्पामा नेपाली सेनाको सहयोगमा टेन्ट पनि तयार गरिएको छ। स्थानीय प्रशासक र जनप्रतिनिधिहरुले मंगलबार तयारी अवस्थाका बारेमा अस्पतालमै पुगेर जानकारी लिएका थिए। त्यसैगरि अस्पतालले पनि अन्य तयारी गरिएको बताएको छ।

भारतबाट फर्किएका ४० जनालाई होम क्वारेन्टाइनमा बस्न आग्रह

खोटाङको जन्तेढुंगा गाउँपालिकाले भारतबाट गाउँ फर्केका ४० जनालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेकाे छ। कोरोना भाइरसको त्राससँगै भारतका विभिन्न स्थानबाट घर फर्किएका स्थानीयलाई १४ दिनसम्म घरैमा क्वारेन्टाइनमा बस्न भनिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए।

कपिलवस्तुमा निषेधाज्ञा उल्लंघन गर्ने ५० मोटरसाइकलसहित १० जना पक्राउ

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोडेको आरोपमा कपिलवस्तुमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि प्रशासनले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेका थियो। निषेधाज्ञाको उल्लंघन गर्दै मोटरसाइलमा हिडका १० जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक दीप शमसेर जबराले बताए।

स्थानीय तहलाई एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन

जिल्ला सुरक्षा समिति रौतहटले सबै स्थानीय तहलाई एउटा एम्बुलेन्स चौबिसै घण्टा स्टेन्डबाई राख्न निर्देशन दिएको छ। मंगलबार बसेको सुरक्षा समितिको बैठकले गौर, गरुडा र चन्द्रपुरमा थप एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको छ।

रसुवाका दुई स्थानमा ६५ शैयाको क्वारेन्टाइन स्थापना

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि जिल्लाको दुई स्थानमा क्वारेन्टाइन स्थापना भएको छ। गोसाइँकुण्ड गाउँपालिकाको धुन्चे र स्याफ्रुमा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको हो।

बीमासम्बन्धी विशेष व्यवस्था

बीमा समितिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा पनि सम्भावित सङ्क्रमण रोक्न सरकारले ‘लकडाउन’ गरेको अवस्थामा सो अवधिका लागि बीमा क्षेत्रमा आवश्यक व्यवस्था गरिएको जानकारी गराएको छ।

क्वारेन्टाइन, आइसोलेसन र स्वास्थ्यकर्मी तयारी अवस्थामा

कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपालगन्जमा विशेष सतर्कता अपनाइएको छ। यसका लागि क्वारेन्टाइन, आइसोलेसन चिकित्सक तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको छ।

तेल भर्न गएको ट्याङकर गोरखपुर सीमाबाट फिर्ता

नेपाल भारत सीमा रुपन्देहीको बेलहिया हुँदै खाली ट्याङकरहरु नेपाल फिर्ता आएको छ। नेपाल आयल निगमको भलवारी डिपोका लागि भारततर्फ पेट्रोलियम पदार्थ बोक्न गएका ट्याङ्करहरुलाई भारतीय पक्षले प्रवेश नदिएपछि रित्तै फकिएको छ।

गुल्मीमा निषेधाज्ञाको घोषणा

जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामा निषेधाज्ञाको घोषणा गरेको छ। कार्यालयले मंगलबार विहान ६ बजेदेखि लागू हुनेगरि चैत १८ गते विहान ६ बजेसम्मका लागि निषेधाज्ञाको घोषणा गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिएका छन्। प्रशासनले सूचना जारी गरि निषेधाज्ञाको समयमा कोही पनि मानिसलाई घर बाहिर ननिस्कनका लागि आग्रह गरिएको छ।

खोटाङमा बिहान र बेलुका दुई-दुई घण्टा खुला

जिल्ला प्रशासन कार्यालय खोटाङले लकडाउनको अवधिमा दैनिक चार घण्टा खुला गर्ने आदेश जारी गरेको छ। लकडाउनको अवधिमा आवश्यक खाद्यवस्तु तथा इन्धन किनमेलका लागि प्रशासनले दैनिक बिहान ७ बजेदेखि दुई घण्टा र बेलुका ४ बजेदेखि दुई घण्टा खुला गर्ने आदेश जारी गरेको हो।

कर्णालीका पत्रिका बन्द

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट प्रकाशित हुने दैनिक पत्रिकाहरू बन्द हुने भएका छन्। सरकारले मंगलबारदेखि देशलाई ‘लडकडाउन’ गरेपछि पत्रिका वितरण र काम गर्न आउने पत्रकार तथा कर्मचारीलाई समस्या हुँदा यहाँका पत्रपत्रिकाहरू बन्द भएका हुन्।

राउटे बस्तीमा प्रवेश निषेध

कोरोना संक्रमण रोक्नका लागि भेरीगंगा नगरपालिकाले जंगलमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायको बस्ती ‘लकडाउन’ गरेको छ। राउटे समुदाय हाल भेरीगंगा नगरपालिका–२ को सत्तरी नजिकै छिन्चु खोला किनारमा बस्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्