२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पशुपतिमा एकपटकमा १० जनालाई मात्र प्रवेश

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा एक पटकमा १० जना मात्रै भक्तजनलाई मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ ।

अनलाइन गेम तथा भिडियोलाई प्राथमिक्ता नदिन आग्रह

वल्र्डलिंक कम्युनिकेशन्सले कोभिड–१९ को जोखिमको समयमा चापको उत्कर्ष समय मानिएको रातको ८ देखि १० बजे सम्म अनावश्यक अनलाईन गेम तथा भिडियोहरु हेर्न प्राथमिक्ता नदिन आग्रह गरेको छ ।

समस्यामा परेकालाई घर फर्काउने व्यवस्था होस्

१० जना जापानी कलाकार ल्याएर सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरेका पाटन, मंगलबजार घर भई हाल जापानमा बस्दै आएका नरेश महर्जनले हाललाई उक्त कार्यक्रम स्थगित गरेका छन् ।

विदेशबाट फर्किएकामाथि निगरानी

विदेशबाट फर्किएका नेपालीले अनिवार्य रूपमा होम क्वारेन्टाइनमा बस्न सरकारले गरेको व्यवस्था पालना गरे नगरेको विषयमा निगरानी हुने भएको छ।

शिक्षण–संस्थाका ३५ हजारभन्दा बढी सुविधायुक्त कोठा क्वारेन्टाइनलाई

कोरोना भाइरसको जोखिमबाट नेपालीलाई सुरक्षित राख्न सरकारले आइतबारदेखि नागरिकलाई अनिवार्य रूपमा घरमै क्वारेन्टाइनअनुरोध गरेलगत्तै निजी शैक्षिक संस्थाहरूको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र उच्च शैक्षिक संस्था तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले मातहतका स्कुलहरूका ३५ हजारभन्दा बढी कक्षाकोठा र सुविधासम्पन्न भवन सरकारलाई क्वारेन्टाइनका रूपमा उपलब्ध गराउने निर्णय गरेका छन्।

क्वारेन्टाइनका लागि प्याब्सनले ६० विद्यालय उपलब्ध गराउने

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि कर्णालीका ६० वटा विद्यालयलाई क्वारेन्टाइन बनाउन प्रस्ताव गरेको छ।

दैनिक उपभोग्य बस्तुको कृतिम अभाव हुन नदिन अनुगमनमा कडाइ

विश्वव्यापी कोरोना भाइरसको त्रास बढेसंगै हिमाली जिल्ला डोल्पाका बजारहरुमा दैनिक उपभोग्य बस्तुको कृतिम अभाव हुन थालेको छ। जिल्लाका दुनै त्रिपुराकोट जुफाल र खदाङ्ग लगायतका बजारहरुमा ब्यापारीहरुले दैनिक उपभोग्यबस्तु चामल चिनी तेल र दाल लगायतका बस्तुहरु लुकाएर राखेपछि कृतिम अभाव सृजना भएको हो।

मंगलबारबाट बाजुरा पनि ‘लकडाउन’

भोलिदेखि बाजुरा जिल्लालाई पर्नि ‘लकडाउन’ गर्ने निर्णय गरिएको छ। प्रशासन कार्यालयमा दिउँसो बसेको जिल्ला सुरक्षा समितिसहित सर्वपक्षीय बैठकले बाजुरा जिल्लालाई भोलिदेखि लकडाउन गर्ने निर्णय गरेको हो।

मंगलबारदेखि विराटनगर पनि ‘लकडाउन’

विराटनगर माहानगरपालिकाले भोलिदेखि महानगरभित्र ‘लकडाउन’ गर्ने निर्णय गरेको छ। सोमबार दिउँसो बसेको सर्वपक्षीय छलफलले माहानगरपालिका मंगलबारदेखि लकडाउन गर्ने निर्णय गरेको हो।

नाकाभन्दा बाहिरबाटै नेपाल–भारत आवागमन

नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसमेतले सीमाल नाका बन्द गर्ने घोषणा गरेसँगै रौतहटबाट भारततिर बाहिरिने सम्पूर्ण औपचारिक नाकाहरु सिल गरिएका छन्।

स्यानिटाइजर बनाउन सिकाउँदै नास्टका वैज्ञानिक

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्रयोगशालामा व्यस्त रहने वरिष्ठ वैज्ञानिक डाक्टर सजनलाल श्याउलाको दिनचर्यामा यतिखेर नयाँ जिम्मेवारी थपिएको छ, त्यो हो प्रयोगशालाबाहिर रहेका समुदायलाई कोरोना भाइरस संक्रमणबाट बच्नका लागि ‘ह्यान्ड स्यानिटाइजर’ बनाउन सिकाउने।

घरमै क्वारेन्टाइनमा बस्न सुझाव

भारतबाट भित्रिएका नेपालीलाई घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ। एकैपटक हजारौंको संख्यामा भारतीय सीमा नाकाबाट नेपाल भित्रिएका सबैलाई घरमा पुगेपछि होम क्वारेनटाइन अर्थात् घरमै अलग्गै बस्न राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ।

सीमामा ओहोरदोहोर बन्द, ढुवानी नराेकिने

सरकारले एक साताका लागि भारत र चीनतर्फका सबै नाका बन्द गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको जोखिम बढ्दै गएको ठहर गर्दै दुवै देशको सीमा बन्द गर्ने निर्णय गरेको हो।

चन्द्रागिरि केबलकार बन्द

कोरोना भाइरस (कोभिड–१९)बाट हुन सक्ने सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी चन्द्रागिरि केबलकार बन्द गरिएको छ। चन्द्रागिरि हिल्स लिमिटेडले विश्वमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि हुन सक्ने भन्दै आजदेखि चन्द्रागिरि केबलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेको हो।

वीरगन्जका उद्योगी रुगंटामा कारोना नेगेटिभ *

भारत, बिहारको पटनास्थित ‘पटना मेडिकल कलेज अस्पताल’ (पीएमसीएच) मा उपचाररत वीरगन्जका उद्योगी शिवकुमार रुंगटाको थप कोरोना परीक्षणमा नतिजा ‘नेगेटिभ’आएको छ। यसअघि अस्पतालका चिकित्सकले उनमा कोरोनाको संक्रमण रहेको बताएका थिए। शिवकुमारका दाजु सुरेश रुगंटाले पनि वीरगन्जमा रहेका उद्योगी ब्यवसायिलाई यस्तो बताएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्