१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

चन्द्रागिरि केबलकार बन्द

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९)बाट हुन सक्ने सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी चन्द्रागिरि केबलकार बन्द गरिएको छ। चन्द्रागिरि हिल्स लिमिटेडले विश्वमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि हुन सक्ने भन्दै आजदेखि चन्द्रागिरि केबलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेको हो।

हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले सरकारको नीति र निर्देशन पालनाका साथै रोग फैलन सजग हुनुपर्ने भएकाले तत्कालका लागि केवलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेको जानकारी दिए। “सरकारको निर्णय र निर्देशनअनुसार अति आवश्यक सेवाबाहेकका अन्य सेवा बन्द गर्ने निर्णयबमोजिम अर्को सूचना नआएसम्मका लागि केबलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेका छौँ”, उनले भने। हिल्सले कोरोनाको सङ्क्रमणबाट जोगिनका लागि सम्पूर्ण जनतालाई आग्रहसमेत गरेको छ।

प्रकाशित: ९ चैत्र २०७६ १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App