२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अनलाइन गेम तथा भिडियोलाई प्राथमिक्ता नदिन आग्रह

काठमाडौं– वल्र्डलिंक कम्युनिकेशन्सले कोभिड–१९ को जोखिमको समयमा चापको उत्कर्ष समय मानिएको रातको ८ देखि १० बजे सम्म अनावश्यक अनलाईन गेम तथा भिडियोहरु हेर्न प्राथमिक्ता नदिन आग्रह गरेको छ । संक्रमणको अवधिमा संचार अति आवश्यक र संबेदनशील बनाएको जनाउदै घरमै बसेर काम गरिरहेकाहरु, स्वस्थाकर्मी, सरकारी कर्मचारी, घरमै बसेर व्यवसाय संचालन गर्नेलाई गुणस्तरीय इन्टरनेट प्राप्त गर्न बाधा पर्न सक्ने भन्दै अनावश्यक प्रयोग नगर्न विज्ञप्ति जारी गरेको छ ।

कम्पनीले आफ्ना प्रयोगकर्तालाई डिजिटल भुक्तानी सेवा मार्फत अफ्नो विल भुक्तानी गर्न अनुरोध अहिलेको परिस्थितिमा राउटर र अन्य इन्टरनेट सम्बन्धी उपकरणहरू एक ठाँउबाट अर्को ठाँउमा नसार्न समेत अनुरोध गरेको छ ।

 

प्रकाशित: ११ चैत्र २०७६ ०४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App