११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायल–लेबनान युद्धविराम नजिक, नेतान्याहुले बोलाए मन्त्रिपरिषद् बैठक

इजरायल र लेबनान युद्धविराम सम्झौता नजिक रहेको इजरायली र अमेरिकी अधिकारीहरूले बताएका छन्। मंगलबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। 

मन्त्रिपरिषद्को बैठकमा ६० दिनको युद्धविराम प्रस्ताव गर्न सकिने बीबीसीले लेखेको छ। यस प्रस्तावमा दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता र हिजबुल्लाहको उपस्थिति अन्त्य समावेश छ। 

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले युद्धविराम सम्झौतामा नजिक पुगिएको बताउँदै भने, ‘हामीलाई लाग्छ कि हामी युद्धविरामको नजिक पुगेका छौं।’ 

यो बयान हिजबुल्लाहले आइतवार इजरायलको राजधानी तेल अभिवतर्फ २५० रकेट प्रहार गरेपछि आएको हो।

प्रकाशित: ११ मंसिर २०८१ ०९:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App