१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमालेले भदौको विध्वंसविरुद्ध उच्च मनोबलका साथ नेतृत्व गर्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गतेको विध्वंसविरुद्ध एमालेले उच्च मनोबलका साथ नेतृत्व गर्ने बताएका छन्। बिहीबार फागुन २१ गतेको निर्वाचनका लागि तयार भइरहेको घोषणापत्रबारे विज्ञसँग छलफल कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्। 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा ओलीले घोषणापत्रका प्राथमिकताका विषयमाथि प्रकाश पारेका थिए। सोही क्रममा उनले एमाले सुदृढ संगठन, व्यापक जनमत र सर्वाधिक लोकप्रिय पार्टीका रूपमा स्थापित रहेको बताउँदै भूकम्पले पुर्‍याएको भौतिक क्षतिको पुनर्निर्माण उदाहरणीय रूपमा सफल पारेको दाबी गरेका थिए । 

‘एमालेले गत भदौको विध्वंसले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुर्‍याएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ नेतृत्व प्रदान गर्छ,’ ओलीको भनाई उद्धृत गर्दै एक नेताले भने। 

यस्तै उनले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन, दिगो विकासमार्फत नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणापत्रको तयारी गरिरहेको बताए। 

प्रकाशित: १५ माघ २०८२ १७:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App