२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अत्यावश्यकबाहेक सुर्खेतका अन्य व्यवसाय बन्द

सुर्खेतमा चैत १० गतेदेखि अत्यावश्यक पसलबाहेक अरु बन्द हुने भएका छन्। आइतबार सुर्खेत उद्योग वाणिज्य संघ र वस्तुगत समितिको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

गड्डाचौकी नाका मंगलबारदेखि बन्द हुने

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले चैत ११ गते (मंगलबार)देखि भारतसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।

कोरोनाले नगरकोट सुनसान

समयमै सडक निर्माणको काम सम्पन्न नहुँदा थलिएको नगरकोटको पर्यटन क्षेत्र कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमका कारण थप मारमा परेको छ।करिब १ सय ५० को संख्यामा रहेका होटल तथा रेष्टुरेन्टहरु कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै सुनसान बनेका छन्। अहिले नगरकोटमा जाने पर्यटक शुन्य जस्तै रहेको होटल व्यवसायीहरु बताउँछन्। होटल व्यवसायी दानबहादुर लामाले पर्यटकहरु नभएपछि व्यवसाय शुन्य भएको र आफूहरु समस्यामा परेको बताए। उनँले आफूहरु बैंकको किस्ता तिर्न समेत नसक्ने अवस्थामा पुगेको बताए।

डोल्पाको खदाङ्ग र जुफाल विमानस्थलमा हेल्थ डेक्स स्थापना

महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरु जिल्ला प्रवेश गर्न नपाउन भनेर हिमाली जिल्ला डोल्पाको खदाङ्गमा हेल्थ डेक्स स्थापना गरिएको छ। त्रिपुरासुन्दरी नगरपालिकाले जाजरकोट र रुकुम जिल्लाबाट डोल्पा प्रवेश गर्ने मुलद्वारको रुपमा रहेको खदाङ्गमा बाहिरी जिल्लाबाट डोल्पामा भित्रने पैदल यात्रुहरुको स्वास्थ्य परीक्षणको लागि हेल्थ डेक्स स्थापना गरेको हो।

अन्तुका होम–स्टेले पाहुनालाई बास नदिने

विश्वका लागि चुनौतीका रूपमा देखिएको कोरोना भाइरसको जोखिम बढेपछि जिल्लामा सञ्चालित होम–स्टेले अब घरमा पाहुना नराख्ने भएका छन्। भिडभाड र नयाँ व्यक्तिको आगमनले कोरोनाको जोखिम हुनसक्ने भन्दै जिल्लाको मुख्य पर्यटकीय क्षेत्र श्रीअन्तुका व्यवसायीले होम–स्टे, कटेज र होटलमा आइतबारदेखि कुनै पनि बुकिङ नलिने घोषणा गरेका हुन्।

बिहान ७ बजेसम्म ३ हजार मानिस भित्रिए

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहन भन्दै भारत सरकारले आज दिनभरका लागि सीमा क्षेत्र बन्द गरेको छ। भारत सरकारले ‘जनता कर्फ्यू’ भन्दै आइतबार बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म पूरै भारत बन्द गरेको छ। बन्दकै क्रममा सीमा नाका समेत शिल गरिएका छन्।

बाल स्वास्थ्यको आकस्मिक सेवा निःशुल्क दिइने

बाल शल्यचिकित्सक (पेडियाट्रिक सर्जन) डाक्टर सुशील ढुङ्गेलले जनरल सर्जरी र बाल स्वास्थ्यको आकस्मिक स्वास्थ्य सेवा आवश्यक परेमा नि:शुल्क सेवा लिन सक्ने जानकारी दिएका छन्।

कालोबजारी गर्नेलाई तीन लाख जरिवानासहित ५ वर्ष जेल

बजारमा अभाव सिर्जना गरी कलोबजारी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्ष जेल सजाय हुने भएको छ। कोरोना भाइरस (कोभिड-१९) संन्त्रास फैलिएसँगै देशभरी कालोबजारी बढेको गुनासो बढेका बेला सरकारले तीन लाख जरिवानासहित ५ वर्ष जेल सजाय हुने बताएको हो।

भारतमा ‘जनता कर्फ्यू’, घर फर्किरहेका नेपाली बीचबाटाेमै अलपत्र

आइतबार बिहानैबाट भारतमा लागेको ‘जनता कर्फ्यू’का कारण घर फर्कदै गरेका नेपाली बीचबाटोमै अलपत्र परेका छन्। कर्फ्यूका कारण यात्रुबाहक सवारी साधन ठप्प गरिएको छ। जसका कारण घर फर्कदै आधाबाटो पुगेका नेपालीहरु बीचबाटोमै अलपत्र परेका हुन्।

कोरोनाको करामत

हामी आत्तिनु भन्दा सतर्कता र सजगता साथ धैर्य र संयमित हुने पूर्वीय संस्कृति, संस्कार र अभ्यस्त हुने जीवनशैलीतर्फ ध्यान दिनु अनुचित नहोला।

फिल्मदेखि महोत्सव ठप्प

कर्णाली वरपर सुटिङ सिध्याइएको ‘एका देशको कथा’ फिल्म प्रिमियरको तयारी हुँदै थियो। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायर्तेलगत्तै चैतको दोस्रो साता हुने भनिएको फिल्मको प्रिमियर स्थगित गरिएको छ।

विद्यालय भवनमा आइसोलेसन कक्ष स्थापना

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पूर्वतयारीका लागि सदरमुकाम बेनीको एक निजी विद्यालय भवनलाई क्वारेन्टाइन निर्माण गरिएको छ।

सेनाका पाँच हजार स्वास्थ्यकर्मी तयारी अवस्थामा

नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९)को जोखिम नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गरी योजना बनाउने काम अघि बढाएको छ। साथै सेनाले उक्त जोखिम रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सहयोग गर्ने जनाएको छ।

कोरोना सारेको आरोपमा गायिकाविरुद्ध उजुरी

भारतीय गायिका कनिका कपुरले सामाजिक सञ्जालमार्फत कोरोना भाइरस संक्रमण भएको जानकारी गराएलगत्तै ‘लापरबाही’ गरेको आरोपमा मुद्दा दर्ता भएको छ। लखनउका प्रमुख चिकित्सा अधिकारीले कोरोना संक्रमित गायिका कपुरले लापरबाही गरेको जनाउँदै प्रहरीमा मुद्दा गरेका थिए।

ओहोरदोहोर रोक्न नाममात्रको कडाइ

प्रदेश २ का आठवटै जिल्ला भारतसँग जोडिएकाले कोरोना भाइरसको उच्च जोखिम हुँदा सीमाक्षेत्रबाट हुने ओहोरदोहोरमा शनिबारदेखि कडाइ गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्