२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

बाल स्वास्थ्यको आकस्मिक सेवा निःशुल्क दिइने

काठमाडौं – बाल शल्यचिकित्सक (पेडियाट्रिक सर्जन) सुशील ढुङ्गेलले जनरल सर्जरी र बाल स्वास्थ्यको आकस्मिक स्वास्थ्य सेवा आवश्यक परेमा नि:शुल्क सेवा लिन सक्ने जानकारी दिएका छन्। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले  सेमी लकडाउन गरिहेको बेलामा आफूले नि:शुल्क परामर्श सेवा प्रदान गर्ने उनले बताएका हुन्।  

डा. ढुङ्गेलले आफ्नो समाजिक सञ्जाल फेसबुक पेजमा सम्पर्कका लागि मोबाइल नम्बर राख्दै जुनसुकै अवस्थामा पनि आफूसँग आवश्यक परामर्श लिन सक्ने जनाएका छन्।

प्रकाशित: ९ चैत्र २०७६ ०७:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App