६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोनाले नगरकोट सुनसान

काठमाडौं- समयमै सडक निर्माणको काम सम्पन्न नहुँदा थलिएको नगरकोटको पर्यटन क्षेत्र कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमका कारण थप मारमा परेको छ।करिब १ सय ५० को संख्यामा रहेका होटल तथा रेष्टुरेन्टहरु कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै सुनसान बनेका छन्। अहिले नगरकोटमा जाने पर्यटक शुन्य जस्तै रहेको होटल व्यवसायीहरु बताउँछन्। होटल व्यवसायी दानबहादुर लामाले पर्यटकहरु नभएपछि व्यवसाय शुन्य भएको र आफूहरु समस्यामा परेको बताए। उनँले आफूहरु बैंकको किस्ता तिर्न समेत नसक्ने अवस्थामा पुगेको बताए।

पर्यटकहरु आउन नसक्ने स्थिति लामो समय रहे कर्मचारी कटौति गर्नुपर्ने अवस्था आउने होटल व्यवसायीहरु बताउँछन्। नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले अहिले सम्म कर्मचारी कटौति नगरिएको तर अझै केही समय यस्तो स्थिति रहे कर्मचारी कटौति गरी होटल बन्द गर्नुपर्ने अवस्था आउने बताए।

पर्यटक आउने क्रम ठप्प भएपछि आफूहरुलाई बैंकको किस्ता र ब्याज तिर्न समेत समस्या भएको गुनासो अध्यक्ष गुरुङले गरे। उनले बैंकको किस्ता र ब्याज तिर्ने समय बढाउने व्यवस्था गर्न सरकारसँग माग गरे। 

प्रकाशित: ९ चैत्र २०७६ १२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App