चुम्बा चिन्तन
प्रायः उनी ६ महिनामा नेपाल आउँछन्। कोरोना महामारीका कारण यसपटक उनलाई नेपाल आउन एक वर्ष लाग्यो। यसपालि उनले छोरा डेभिड रिड्लिङ्गरलाई पनि साथै ल्याएका थिए। छोराको स्कुल छुट्टी सकिएको हुनाले उनी जर्मनी फर्किसकेका छन्।
प्रायः उनी ६ महिनामा नेपाल आउँछन्। कोरोना महामारीका कारण यसपटक उनलाई नेपाल आउन एक वर्ष लाग्यो। यसपालि उनले छोरा डेभिड रिड्लिङ्गरलाई पनि साथै ल्याएका थिए। छोराको स्कुल छुट्टी सकिएको हुनाले उनी जर्मनी फर्किसकेका छन्।
हामीकहाँ पार्टी महाधिवेशनमा आर्थिक विकासको चर्चा हुँदैन। नेतृत्व हात पार्न बाह्र सत्ताइस राजनीतिक दर्शनका भाषण र दस्तावेज धेरै सुन्न पाइन्छ। संसारमा कहाँ क्रान्ति र प्रतिक्रान्ति भयो भन्ने विषयमा चर्चा हुन्छ। तर, आर्थिक प्रगतिले ती देशलाई अग्रणी बनाउँदै लगेको पक्षमा खासै ध्यान पुग्दैन।
कम्युनिस्ट पार्टीका तर्फबाट शासन गर्नेहरूमा लोकतान्त्रिक चरित्रको अभाव हुन्छ भन्ने प्रष्ट देखिएको छ । कम्युनिस्ट पार्टीले शासन गर्दा देशमा परिवर्तन आउँछ भन्ने भ्रम पनि अबलाई टुटेको छ ।
अहिलेको परिस्थिति सहज छैन । महाराजाहरूले राजनीतिलाई जुन विकृत स्थितिमा पुर्याइबक्सेको छ, त्यसप्रति धेरैको चित्त दुखाइ छ । सिर्जनात्मक चेत भएका व्यक्तिहरूले यो स्थितिमाथि कुनै न कुनै रूपमा हस्तक्षेप गरिरहेका छन् । कलात्मक ढंगले ती कहिले सडकमा पोखिएका छन् । कहिले ती रंगमञ्चमा प्रस्तुत भइरहेका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक करार गरेयताका दिन राजनीतिक नेतृत्वको सुझबुझको परीक्षा भइरहेको छ । प्रतिनिधिसभा ब्युँतिएको छ । राजनीति अब संसद्भित्र प्रवेश गरेको छ ।
टुँडिखेल बाहिर भने जुलुस निस्किरहेको छ । जुलुसमा लेखक छन् । मानव अधिकारकर्मी छन् । कलाकार छन् । पेसाकर्मी छन् । उनीहरू सोधिरहेका छन्– खै कहाँ छ प्रजातन्त्र ?
कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार निर्वाचन आयोगमा पुगेर आदेशको शैलीमा अनुरोध गरेका छन्– सूर्य चिह्न मलाई । पछिल्लो समयमा प्रधानमन्त्रीहरू निर्वाचन आयोगमा जाने गरेका थिएनन् । बरु निर्वाचन आयोग बालुवाटारमा बोलाएर बैठक गर्ने गरेका थिए । यसपटक भने ओली आफैँ आयोगमा निर्वाचन तयारीबारे छलफल गर्ने निहुँमा पुगेर सूर्य चिह्न दाबी गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरूपमा पुस ५ गते प्रतिनिधिसभा विघटन गरेयताको समय उद्वेलित भएको छ । मुलुकको ठूलो तप्कालाई प्रधानमन्त्रीको यो काममा चित्त बुझेको छैन ।
लोकतन्त्र हिजो जस्तो रहेन । यसले आफ्नो स्वरप गुमाएको छ । उदार लोकतन्त्रका आधार भत्किएपछि त्यसैभित्रबाट तानाशाही व्यवस्थाको उदय हुन्छ । लोकतन्त्रका नाममा नक्कली लोकतन्त्रको जगजगी त्यसै भएको होइन अहिले ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकतन्त्रका आधारभूत मान्यतामा आक्रमण गरेका छन्।गत साता उनले लोकतन्त्रविरुद्ध आक्रमण गरी तानाशाह बन्न गरेको कोसिसलाई त्यहाँको राजनीतिक प्रणालीले असफल तुल्याएको छ। यो घटनाको एउटै पाठ छ– लोकतन्त्रका संस्था बलिया भए भने निर्वाचनबाट आएर तानाशाह बन्न खोज्ने नेताहरूले एक कार्यकाल बिगारे पनि सम्पूर्ण राजनीतिक प्रणालीलाई ध्वस्त पार्न सक्दैनन्।
कोरोना विषाणु संक्रमणले संसारलाई तनावमा पारेको सन् २०२० नेपालीका निम्ति पनि अछुतो रहेन। अझ यो वर्ष कोरोनाले भन्दा बढी राजनीतिक कारणले तनावको वर्ष रह्यो। गत वर्ष यतिबेला चीनको वुहानमा नयाँ भाइरस देखिएको अन्तर्राष्ट्रिय समाचारलाई नेपाली सन्दर्भमा पस्किँदै गर्दा सरकारको ध्यान भने राजनीतिलाई आफूअनुकूल तुल्याउने गतिविधिमा केन्द्रित थियो। यस्तो संक्रमणको अन्तर्राष्ट्रिय चर्चा भइरहेका बेला चीनकै छेउमा उभिएको नेपालको सरकारले कुनै तयारी गर्नुपर्ने आवश्यकता महसुस गर्न सकेन।
मुलुकको लोकतान्त्रिक परिपाटीको मूल्यलाई बिर्सेर संवैधानिक परिषद्बाट हुने नियुक्ति सिफारिसमा ओलीबाट आउने ‘बक्सिस’प्रति देउवा अति नै अनुग्रहित देखिएका छन् । उनका पार्टीका युवा नेताले भनिरहेका छन्– भोलि आफैँ प्रधानमन्त्री भएर पूरै नियुक्ति गर्नुहोस्, किन यी केही पदका निम्ति लोभ गर्नुहुन्छ ?
खासमा अर्का अध्यक्ष दाहालमा प्रधानमन्त्री पदका निम्ति लालसा भएको पनि हो तर ओली यी दुवै पद छाड्न तयार भएनन्। यी पद छाड्नुभन्दा राजनीतिक दुर्घटनातर्फ जानु उचित हुन्छ भन्ने उनलाई लागेको देखिन्छ।
नेताहरूबीचको बेमेलले लोकतन्त्र नटिक्ने खतरा देखिँदैछ। लोकतन्त्र प्राप्तिका निम्ति आन्दोलन गर्न एक हुन सक्ने तर त्यसलाई विधि र पद्धतिबाट अघि बढाउन नसक्ने स्थिति हाम्रो राष्ट्रिय चरित्र बनिसकेको छ। त्यस्तो हुँदैनथ्यो भने सरकारमा पुगिसकेपछि आफ्नो दलका नेता मात्र होइन, विपक्षीसँग समेत हार्दिकतापूर्ण सम्बन्ध बनाएर काम गर्न सकिन्थ्यो।
अहिले सरकार ठीकठाक चलेको भए, विकास निर्माणले गति लिएको भए र आमनागरिकले आशा गर्ने ठाउँ पाएका भए राजावादीका नाममा आन्दोलन हुने थिएनन्।