सुर्खेत - कोरोना भाइरस रोकथामका लागि सरकारले लगाएको ‘लकडाउन’ उलंघन गर्ने चर्चका दुई जना पाष्टरलाई प्रहरीले शनिबार पक्राउ गरेको छ। लकडाउनका क्रममा अनुयायीहरुलाई भेला गरेर प्रार्थना गरिरहेका पाष्टरहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो।
प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार कालिन्चोकको निस्सीएजी चर्चका पाष्टर मोहनदास गुरुङ र ग्रिस मण्डली चर्च करेखोलाका प्रेम विकलाई पक्राउ गरिीएको हो।
‘लकडाउनको उलंघन गरेर चर्चभित्र मानिस भेला गरेर प्रार्थना गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो,’ प्रहरी निरीक्षक रायमाझीले भने, ‘कानुन अनुसार कारवाही प्रक्रिया अघि बढाउँछौं।’ प्रहरीले शनिबार लकडाउनको उलंघन गर्ने ११ वटा सवारीसाधन पनि नियन्त्रणमा लिएको छ।
प्रकाशित: १५ चैत्र २०७६ १३:०६ शनिबार