१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भैसीको दूध भैसीलाई नै खुवाउन बाध्य

बेनी- बेनी नगरपालिका–६ बाँसबोट वरदान पशुपन्क्षी फार्मका सञ्चालक दुर्गाप्रसाद पौडेलले लकडाउनमा दूध नबिकेपछि दैनिक ५० लिटर दूध भैसीलाई नै खुवाउँछन्। विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रासले बेनीबजारमा बसोबास गर्ने गाउँतर्फ लागेपछि पौडेलले १७ वटा भैसीबाट दैनिक २ सय लिटर दूधमा विहान एकपटक मात्रै बजारमा लैजान्छन्।

एकपटक मुस्किलले ६० लिटर दूध बिक्री गर्ने गरेका पौडेलले दैनिक १४ हजार घाटा खानुपरेको बताए। ‘दैनिक ५० लिटरको हाराहारीमा भैसीलाई नै खुवाउँछु,‘कुराउनी पनि बिक्री हुदैन’ पौडेलले भने। उनले जिल्लाभरका दूध उत्पादक किसानहरु लकडाउनले विस्तापितको खतरामा पुगेको बताए। उनले विहान–बेलुकी अन्य विकल्प नहुदाँ दूध खेर गएको बताउँदै लकडाउन लम्बिए धेरै किसानहरु व्यवसायबाट विस्थापित हुनुपर्ने बताए।

बेनीबजारमा दैनिक २ सय लिटर दूध ल्याउने गरेका पौडेलजस्तै बेनी नगरपालिकाभित्रका दुग्ध संंकलन केन्द्रको दूध समेत खेर गएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्राविधिक सुवास रेग्मीले बताए। ‘लकडाउनले किसानलाई दैनिक लाखौं घाटा भइरहेको छ,‘उहाँहरुको समस्यालाई हेरेर बस्नुको विकल्प छैन’ रेग्मीले भने। उनले बेनी नगरपालिका भित्रका दुग्ध किसानको समूहले दैनिक १ हजार र एकल किसानले करिब १५ सय लिटर दूध उत्पादन गर्ने गरेकोमा करिब ४० प्रतिशत मात्रै बिक्री भइरहेको बताए।

बेनीबजारमा नगरपालिका बाहेक मंगला गाउँपालिकाको बरंजा र छिमेकी जिल्ला जलजला गाउँपालिकाको विभिन्न बस्तीहरुबाट समेत खपत हुने गरेको छ। करिब ४० जनाले बिहान–बेलुकी मोटरसाइकलमा ल्याउने गरेका छन्। जिल्लाको सहायक बजारमा समेत ब्यक्तिगत प्रयोग बाहेक दूधको खपत छैन।

पोल्ट्री व्यवसाय पनि संकटमा
लकडाउनले पोल्ट्री व्यवसाय समेत संकटमा परेको छ। बेनी नगरपालिका–५ चुत्रेनीका रामप्रसाद श्रेष्ठको कुखुरा फर्ममा बजारमा लैजान तयारी अवस्थामा १५ सय भन्दा धेरै कुखुरा फर्ममै रहेको छ।

त्यस्तै बेनपा–२ बगरफाँटका डेकबहादुर कार्कीको समेत फर्मभित्र कुखुरालाई बिक्रीसँगै दानाको अभावले समस्यामा परेका छन्। पोल्ट्री फर्ममा करिब लाखौंको कुखुरा मर्ने अवस्थामा रहेको व्यवसायीले बताएका छन्। बजारमा दानाको अभाव भएकाले भोकभोकै राख्नुपर्ने अवस्था आएको व्यवसायीको गुनासो छ।

 

 

प्रकाशित: १८ चैत्र २०७६ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App