२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

भाइरसको जोखिमसगैँ आयात, भन्सारमा छैन स्यानीटाइज गर्ने संयन्त्र

भैरहवा – सरकारले नेपाल–भारत आवगमनमा बन्देज लगाए पनि सामान आयात निर्यातमा कुनै बन्देज लगाएको छैन। उपभोग्य र अतिआवश्यक सामान दैनिक निर्वाधरुपमा भारतबाट आइरहेका छन्। सर्वसाधरण नआए पनि मालबाहक सवारीसाधानसहित सवार चालक र सह चालकलाई दुवै देश प्रवेश सहज रुपमा दिइरहेको छ।

भैरहवा नाकाबाट पनि दैनिक सयको हाराहारीमा मालबाहक गाडीहरु भारतको कोरोना संक्रमित शहरहरुबाट आइरहेका छन्। भैरहवा भन्सार कार्यालयमा आयात भएका मालबाहक कन्टेनर र ट्रकलाइ कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि कुनै पनि प्रकार व्यवस्था गरिएको छैन।
भन्सारबाट नै विषाधी छर्केर ट्रक आयात गर्ने भए पनि पहिला जस्तै सरासर मालबाहक गाडीहरु नेपाल भित्रिरहेको छ। सीमामा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्यकर्मीले चालक र सहचालकको तापक्रम मापन गरी हात धोएर मात्र प्रवेशको अनुमति दिदा त्यहाँबाट आउने मालवाहक गाडीको माध्यमबाट नेपालमा भाइरसको संक्रमण फैलिन सक्ने जोखिम छ।

बुधबार मात्र सीमा नजिकै गोरखपुरमा कोरोना संक्रमितको मृत्यु भएको भन्ने खबर बाहिर आएको छ। अन्य शहरहरुमा पनि संक्रमित र मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढिरहेकै छ। भारतमा कुनै संक्रमितले कुनै पनि माध्यमबाट मालवाहक गाडी वा त्यहास्थित सामान छोएको अवस्थामा यसरी सीमामा गरिएको व्यवस्थाका कारण सजिलै नेपालमा आउने र संक्रमण गर्न सक्ने देखिन्छ। यस्तो परिस्थितीमा मालवाहक गाडी मुलुकमा भित्र्याउनु अहिलेको आवश्यकता पनि छ तर मालवाहक गाडीको मध्यमबाट भाइरसको संक्रमण फैलिन सक्ने जोखिम पनि उत्तिकै छ।

नेपाल सरकारले चैत १२ गतेको मन्त्रिपरिषद निर्णयबाट नै सामान आयात गर्ने कन्टेनर र ट्रकलाई भन्सार विन्दुमा डिस्इन्फेक्ट स्प्रे गर्ने व्यवस्था मिलाउने भने पनि एक साता भइसक्दा हाल सम्म भैरहवा भन्सार कार्यालयमा निर्णय कार्यान्वयन भएको छैन।

 समयमै यसतर्फ चासोका साथ कार्यान्यन गर्न सकिएन भने सिमापारीबाट आएको मालबस्तुबाट सजिलै भाइरसहरु उपभोक्ताको घरघरमा पुगेर भयावह स्थिती ल्याउन पनि सक्छ।

भैरहवा भन्सार कार्यालयका सुचना अधिकारी पूर्ण प्रसाद लम्सालले अहिले दैनिक औसतमा डेढ सयको हाराहारीमा ईन्धन, तरकारी, फलफूल, चामल जस्ता अतिआवश्यक गाडीहरु आइरहेका छन। अन्य सामाग्रीहरुको आयातमा कमि आए पनि खाद्यान्न ईन्धनहरु पहिलाकै अवस्थामा आइरहेका छन, निर्यात भने भएको छैन सूचना अधिकारी लम्सालले भने।

भन्सार परिसरलाई दैनिक रुपमा कार्यालय र ईन्टमोडेलले स्यानीटाइज गरे पनि भारतबाट भित्रिरहेका मालवाहक गाडीहरुलाई स्यानीटाइज गर्न नसकिएको भैरहवा भन्सार कार्यालयका प्रमुख कमल भट्टराईले नागरिक न्यूजलाई बताए। दैनिक सय बढि गाडी भित्रिरहेको अवस्थामा के कसरी स्यानिटाइज गर्ने सम्बन्धमा कुनै पनि पूर्वाधार र संयन्त्र छैन।

लोडेड मालबाहक गाडी र सामान स्प्रे गर्न पनि अहिलेको स्रोत साधानले भ्याउदैन। सवारी चालक र सहचालकलाई सिमा र कार्यालय दुवै ठाउँमा स्क्रीनिङ गरि दुरी कायम राखेर काम गरिरहेको अवस्था छ। हामी आफ्नै स्वास्थ्यलाई जोखिम मोलेर पनि काम गर्नु पर्ने अवस्था छ कार्यालय प्रमुख भट्टराईले भने।

मालवाहक गाडीसँगै आउन सक्ने भाइरस संक्रमणको रोकथामका लागि सरकारले भन्सार विन्दुमा गाडीलाई स्यानीटाइज नगरी सिमामा गरिएको हेलचेक्रयाईले चालक सहचालक वा गाडीबाट सजिलै नै भाइरसको प्रवेश भई महामारी हुदैन भन्न सकिन्न।

प्रकाशित: २० चैत्र २०७६ १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App