२५ कार्तिक २०८१ आइतबार
image/svg+xml
समाज

स्वाव परीक्षणका लागि धरान पठाइयो

खोटाङ– गत चैत ४ गते कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जनाको नमूना (स्वाव) परिक्षणका लागि धरान पु-याइएको छ। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि तिनै युवतीसँग कतारबाट काठ्माण्डौंसम्मको यात्रा गरेका जन्तेढुंगा गाउँपालिका–३ का राई थरका युवाको नमूना शुक्रबार रात ९ बजे विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु-याइएको हो। जिल्ला अस्पतालका तालिम प्राप्त स्वास्थ्यकर्मीमार्फत राईको नमूना संकलन गरेर परिक्षणका लागि धरान पठाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।

घर आएको १४ दिनभन्दा बढी वितिसकेको भए पनि संक्रमण भए÷नभएको यकिन गर्नका लागि उनको स्वाव परिक्षणमा पठाइएको हो। कतिपय व्यक्तीमा बाहिर लक्षण नदेखिए पनि भित्र कोरोना भाइरस पोजिटिभ देखिने खतरा हुने सम्भावना देखिएकाले उनको स्वाव परिक्षणमा पठाइएको हो। संक्रमण भए÷नभएको परिणाम केही दिनभित्रै आउने जानकारी आएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। विदेशबाट आएर घरैमा बसिरहेका उनलाई गाउँपालिकाको पहलमा चैत १२ गतेदेखि होम क्वारेन्टीनमा राखिएको छ। ‘बाहिर लक्षण नदेखिए पनि भित्र पोजिटिभ हुन सक्ने खतरा पनि हुने रहेछ,’ प्रजिअ पौडेलले भने, ‘घर आएको १६÷१७ दिन भो भनेर कुरेर मात्र नहुने रहेछ। स्वाव टेष्ट गरेर कन्फर्म हुनु नै उचित पनि हो।’

सोही जहाजबाट फर्किएका केपीलासगढी गाउँपालिकाका एक जना भने धरानमा क्वारेन्टीनमा राखिएका छन्। क्यूआर ६५२ कलसाईनको कतार एयरवेजमार्फत फर्किएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टी भएपछि उनीसँगै नेपाल आएर जिल्ला भित्रिएका युवाका कारण संक्रमणको त्रास छाएको थियो। हालसम्म जिल्लाका दश स्थानीय तहबाट अन्य कसैको नमूना परिक्षणमा पठाइएको छैन।

 

प्रकाशित: २२ चैत्र २०७६ ०३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App