२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

उपत्यकामा ५ सय १८ बेडको क्वारेन्टाइन तयार

काठमाडौं - सरकारले काठमाडौं उपत्यकामा ५ सय १८ बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा रहेको जनाएको छ। कोरोना संक्रमण भएका शंकास्पद व्यक्तिहरुलाई राख्न उपत्यकामा बनाइएका पाँच क्वारेन्टिन स्थलको अनुगमन गर्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले तत्काल पाँच सय १८ जनालाईक्वारेन्टिन राख्न क्षमता रहेको बताए। 

उनले उपत्यकामा क्वारेन्टिन व्यवस्थापनलाई चुस्त बनाउनका लागि अनुगमन गरिएको बताए।  साथै देशभर रहेका  होटल, रिसोर्ट र होमस्टेसमेतलाई क्वारेन्टिन बनाउन सकिने उनको तर्क छ।  यसो गर्न सकिए दशौं हजार बेड आवश्यक परेपनि तत्काल निर्माण गर्न सकिने उनको विश्वास छ। 

होटल, रिसोर्ट र होमस्टेसहरुमा सबै सुविधा उपलब्ध हुने भएकाले अब सरकारको ध्यान त्यसतर्फ गएको उनले बताए। 

अहिले  पशुपतिको धर्मशालामा ७० बेड, ललितपुरको स्टाफ कलेजमा सय बेड, भक्तपुरको कृषि तालिम केन्द्रमा ७० बेड खरिपाटीमा २०८ र नगरकोट नजिक तेलकोटस्थित खानेपानी तालिम केन्द्रमा ७० बेड क्षमताको क्वारेन्टिन तयारी अवस्थामा रहेको  मन्त्री मानन्धरले जानकारी दिए। 

अनुगमनका क्रममा खरिपाटी र तेलकोटको क्वारेन्टिनमा सबै पुर्वाधार तयारी अवस्थामा रहेको बताउँदै उनले अन्य स्थानमा पनि सामान्य सुधार गरेर सञ्चालन गर्न सकिने अवस्था रहेको जानकारी दिए।  

मन्त्री मानन्धरले स्थानीय तह तथा अन्य संस्थाहरुलेले बनाएको क्वारेन्टिन मापदण्ड पुगे नपुगेकोबारे सरकारले स्थलगत अनुगमन तथा सहजिकरण शुरु गरेको बताए।

प्रकाशित: ३० चैत्र २०७६ १२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App