भूमिहीनता, विभेद र बहिष्करण
भूमिहीन सुकुमबासीहरू केवल आवास र भूमिको अधिकारबाट मात्र वञ्चित छैनन्। यही कारण यिनले खेप्नुपरेको गरिबी, विभेद र अन्याय कहालीलाग्दो छ ।
मूलतः परिवारका सदस्य संलग्न भएर गरिने खेतीपातीलाई परिवारिक खेतीपाती भनिन्छ। विश्वको ८० प्रतिशत खाद्यान्न पारिवारिक खेतीपातीबाट नै उत्पादन हुन्छ। परिवारिक खेतीले केवल खाद्यान्नमात्र उत्पादन गर्दैन। वातावरण सुरक्षा, सामजिकता अभिवृद्धि र सांस्कृतिक जगेर्नाका लागि पनि महत्वपूर्ण योगदान पुर्याइरहेको हुन्छ। यसैले त किसानलाई जमिन, जैविक विविधता र संस्कृतिको संरक्षक पनि मानिन्छ।
स्थानीय सरकारको कामका सम्बन्धमा मिश्रित प्रतिक्रिया छन्। नीति, कानुन, कर्मचारी आदिको थिति नबसिसकेको अवस्थामा यी सबै पूर्वाधार बनाएर अगाडि बढ्न सजिलो छैन्। आफ्नो परिवेशअनुसार दीर्घकालीन योजनासहित अघि बढेका थुप्रै पालिकाले दिगो र जनजीविकासँग जोडिएका काम गर्न प्रयास गरिरहेका छन्। उदयपुरको बेलका यही केही गर्न प्रयासरतमध्येको नगरपालिका हो। नगरपालिकाको पूरै टिम केही गरौँ भन्ने उद्देश्यका साथ लागेका छन्।