४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

काठमाडौबाट गाउँ आएकाहरुको पनि स्वास्थ्य परीक्षण सुरु

दोलखाको जुँगुस्थित निलकण्ठेश्वर माविमा काठमाडौबाट गाउँ आएकाहरुको स्वास्थ्य परीक्षण गरिदै । तस्बिर : नागरिक

दोलखा- दोलखाको गौरीशंकर गाउँपालिका १ र २ जुँगुमा राजधानी काठमाडौ उपत्यकाबाट आफ्नो गाउँ गएकाहरुको स्वास्थ्य जाँच सुरु गरिएको छ । साविक जुँगु गाविसमा पर्ने गौरीशंकर गाउँपालिकाका यी दुवै वडाहरुमा लकडाउनका बखत राजधानी काठमाडौबाट गाउँ फर्किएकाहरुको स्वास्थ्य जाँच गरिएको जुँगु स्वास्थ्य चौकीकी इन्चार्ज ईन्दिरा खड्काले जानकारी दिईन्।

जुँगु गाउँमै रहेका जिल्लाका पत्रकार दिलबहादुर केसीका अनुसार बुधबार बिहानबाट निलकण्ठेश्वर माविको प्रांगणमा २ सय जनाको ज्वरो जाँच गरिएको छ । थर्मल गणको सहायताले जाँच गरिएको र उनीहरुलाई वडा कार्यालयले घरमै एकान्तबासमा बस्न आग्रह गरेको उनले जानकारी दिए । गाउँमा तिन दिन यता राजधानीबाट घर फर्किनेहरुको लर्को छ ।

जुँगुसंगै जिल्ला प्रशासन र स्थानीय सरकारहरुले सबै गाउँहरुमा राजधानीबाट आएकाहरुको स्वास्थ्य जाँच गराउने तयारी थालिरहेको छ । स्वास्थ्य कार्यालय दोलखाका प्रमुख बिभुकुमार झाले जिल्लाका सबै वडाहरुमा वडा कार्यालय र स्थानीय स्वास्थ्य संस्था मार्फत त्यसरी भित्रिएका नागरिकहरुको स्वास्थ्य जाँच गराउन लागिएको बताए ।

‘ठूलो संख्यामा नागरिकहरु गाउँ फर्किएका कारण त्यसरी उहाँहरुको स्वास्थ्य जाँच गर्ने र घरमै सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्दछौं’ उनले भने । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मंगलबारदेखि बुधबार बिहानसम्म गरेर दुई दिनमा ३ सय ४० ओटा बसहरु राजधानीका यात्रु बोकेर जिल्ला प्रवेश गरेका छन् ।

दोलखाका कोरोनाको चेकजाँच समेत बढाइएको छ । स्वास्थ्य कार्यालयका प्रमुख झाका अनुसार मंगलबारसम्म जिल्लाका बिभिन्न गाउँहरुमा ३ सय ३३ जनामा र्‍यापिड टेष्ट गरि सकिएको छ भने १० ओटा स्वाब संकलन गरी चेकजाँच गरिएको छ । हालसम्म चेकजाँच भएका सबै केसहरुमा नेगेटिभ रिपोर्ट आएको छ ।

जिल्लामा हाल ५ सय ४० र्‍यापिड डाईग्नोष्टीक टेष्ट किट आईपुगेको छ । चरिकोटस्थित प्राथामिक स्वास्थ्य केन्द्र, किर्नेटारस्थित धुलिखेल अस्पतालको स्वास्थ्य केन्द्र र जिरी अस्पतालमा स्वाब संकलन गर्ने युनिटहरु खडा गरिएको जिल्लाका स्थानीय अधिकारीहरुले बताएका छन् ।

 

प्रकाशित: १० वैशाख २०७७ ०६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App