४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

रिपोर्ट बाझिएपछि जनकपुरमा काेराेना परीक्षण रोकियो

लहान - जनकपुरस्थित प्रादेशिक अस्पतलको प्रयोगशालामा हुँदै आएको कोरोना भाइरस (कोभिड-१९) परीक्षण रोकिएको छ। यहाँको पोर्टेवल पीसीआर मेसिनबाट गरिएको परीक्षण रिपोर्ट र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट बाझिएपछि परीक्षण रोकिएको छ।

प्रादेशिक अस्पतालमा पीसीआर मेसिनबाट चैत २१ गत्तेदेखी परीक्षण सुरु भएको थियो।  सर्लाहीको धनकौल गाउँपालिका( ५ का १४ वर्षीय किशोरको यस पीसीआरबाट बैशाख ७ गत्ते परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो।

जबकि ती किशोरको त्यही स्वाब काठमाण्डौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो। सोही कारण जनकपुरको पिसिआर मेसिनबाट कोरोना परीक्षण नगर्ने निर्णय गरिएको छ। 

जनकपुर प्रयोगशालाका इन्चार्ज रामविनय साहले भने , ुसर्लाहीको किशोरको रिपोर्ट बाझिएको घटनाले मेसिनले दिने परिणाममाथि शंका उब्जिएको छ।  शुक्रबारबाट स्वाब परीक्षण नगर्ने निर्णय गरेका छौं, उनले भने।ु यस प्रयोगशालामा हालसम्म गरिएको झन्डै १ सय स्वाब परीक्षण सबैको रिपोर्ट नेगेटिभ आएको छ।

प्रकाशित: १२ वैशाख २०७७ १५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App