७ पुस २०८१ आइतबार
image/svg+xml
समाज

सिमरा विमानस्थलका प्रहरी सहयोगीको हत्या

बाराको सिमरास्थित सिमरा विमानस्थल प्रहरी चौकीमा कार्यरत कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्या गरिएको छ।

जीतपुरसिमरा उपमहानगरपालिकाको आमाढार–रमौली सडक खण्डमा रुम्बाको शव शनिबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। शव बागमती प्रदेश ०१०२८ च ७६१६ नम्बरको कारभित्र फेला परेको थियो।

प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार रुम्बाको टाउँकोमा गहिरो घाउ रहेको छ। उनले भने, ‘घाउ धारिलो हतियारको प्रहारले भएको हो वा बन्दुकले हानिएको हो, पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यकिन गर्न सकिन्छ।’

रुम्बाको हत्या शुक्रबार राति वा शनिबार बिहान भएको भन्नेबारे अनुसन्धान भइरहेको खड्काले बताए। प्रारम्भिक अनुसन्धानमा शव रहेको कार सिमरा विमानस्थलमा कार्यरत राष्ट्रिय अनुसन्धानका एक प्रहरी निरीक्षकको भएको खुलेको छ।

रुम्बाले उक्त कार आफैं चलाएको देखिए पनि घटनाको समय उनी कारभित्र एक्लै थिए कि कार मालिक पनि त्यहाँ थिए भन्ने कुरा पुष्टि हुन बाँकी रहेको प्रहरी उपरीक्षक खड्काले जनाएका छन्।

हत्या भएको घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: ६ पुस २०८१ २०:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App