२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

गलत समाचारले सन्त्रास फैलियो

स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तीमा बर्दिया नार्खु–११ का संक्रमित भन्ने गलत समाचारले जिल्ला भर सन्त्रास फैलिएको छ । जिल्लामा राजापुर नगरपालिका ११ नार्खु लेखिएपनि राजापुर नगरपालिकामा १० वटा मात्र वडा रहेका छन् । नार्खु गाउँ नभएकाले सत्य तथ्य बुझिरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।

सिरहाका संक्रमित मलेसियाबाट फर्केका

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ माैवाहीका ३० वर्षीय पुरुष फागुन २८ गते मलेसियाबाट घर फर्केका थिए । पाँचदिन अघि उनकाे स्वाब स‌कलन गरिएकाे गाउँपालिका अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए ।

भारतबाट नेपाली भित्रिँदा कर्णालीमा त्रास

भारतीय सिमानामा छाडिएका नेपाली धमाधम भित्रिन थालेपछि कर्णालीमा त्रास बढेको हो। भारतबाट भित्रिएका नागरिकलाई आरडिटी र पिसिआर परीक्षण गराएर मात्र जिल्लामा पठाउन कर्णालीवासीले माग गरेका छन्।

संक्रमित आठै जनालाई दाङ पठाइयो

बाँकेको नरैनापुर गाउँपालिकामा भेटिएका कोरोना संक्रमित आठैजनालाई दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा पठाइएको छ। बाँकेमा आइसोलेसन कक्ष खाली नभएपछि उनीहरूलाई त्यहाँ पठाइएको हो।

थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ७३ पुग्यो

नेपालमा थप ६ जनाकोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शनिवार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका हुन्।

दाङका वडावडामा क्वारेन्टाइन निर्माण गर्दै

दाङका स्थानीय सरकारले वडावडामा क्वारेन्टाइन निर्माण शुरु गरेका छन्। भारतबाट धेरै नागरिक फर्कन खोजिरहेको हुँदा उनीहरु फर्केपछि राख्नका लागि र पालिकाभित्र फैलन सक्ने सङ्क्रमण रोकथामका लागि क्वारेन्टाइन निर्माण थालिएको हो।

कोरोना संक्रमणको त्रास चुलियो, भारतबाट धमाधम नेपाली आउँदै

पछिल्लो साता भारतबाट फर्केर आउने नेपालीको संख्या ह्वात्तै बढेको छ । भारतबाट आएका नेपाली नागरिकलाई स्थानीय प्रशासनले दसगजानजिकै क्वारेन्टिनमा राख्ने गरेको छ । तर भारतबाट आउनेको संख्या एक्कासि बढेसँगै व्यवस्थापनमा चुनौती देखिएको छ । भारतबाट आउने नेपालीलाई उचित व्यवस्थापन गर्न नसके नेपालमा कोरोना संक्रमण थप बढ्ने निश्चित छ,यसले सीमाक्षेत्रका स्थानीय तह कोरोना संक्रमणको उच्च जोखिममा भएको पुष्टि भएको छ ।

जिन अनुसन्धान गर्न दिएकोमा ६ जनासँग स्पष्टीकरण

सरकार तथा सम्बन्धित निकायलाई जानकारी नदिई कोरोना संक्रमित पहिलो युवाको जिन विदेशी संस्थालाई अनुसन्धान गर्न दिएको विषयमा स्वास्थ्य अनुसन्धान परिषद्ले जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झासहित ६ जनालाई स्पष्टीकरण सोधेको छ । उनीहरूलाई परिषद्ले लिखित पत्रमार्फत स्पष्टीकरण सोधेको हो ।

फिलिपिन्सका आँधीबाट डेढलाख मानिस प्रभावित

फिलिपिनी जल तथा मौसम विज्ञान विभागका अधिकारीहरुका अनुसार यो आँधी निकै घना बस्ती भएको उत्तरी लुजोन द्विपतर्फ बढेको छ ।

लेखपढ गर्दै घरमै रमाउँदै

माया ठकुरी भन्छिन्, ‘अंग्रेजी, नेपाली र हिन्दी भाषाका पुस्तक पढ्दै छु, नेपालीमा विशेषतः बिपी, पारिजात लगायतका कृति । लकडाउनका बेला केही धार्मिक कृति पनि पढेँ । भर्खरै ‘घाट’ शीर्षकको कथा पनि लेखेकी छु ।’

कोरोनाले सिकाएको पाठ, वर्षौपछि बाँझो जमिनमा खेती

कोरोना महामारी नियन्त्रणका लागि देशव्यापी लकडाउन भएयता रोल्पामा करिब दश हजार बढी स्थानीयहरु घर फर्केका छन्। आवत जावत अलि खुकुलो भयो भने यो संख्या झनै बढ्ने छ।

दसगजामा बढ्दै भिड, संक्रमण फैलने डर

भारतबाट स्वदेश फर्कने नेपालीको संख्या ह्वात्तै बढेको छ । शुक्रबारसम्म भारतबाट आएर दसगजामा बस्ने नेपालीको संख्याको ६ सय ८७ पुगेको छ । भारतबाट आउने नेपालीको संख्या बढेसँगै कोरोना संक्रमण फैलिने खतरा बढेको छ । शुक्रबार भारतबाट आएका ८ जनामा कोरोना संक्रमित भएपछि बाँकेका स्थानीय तहलाई थप चुनौति बढेको छ ।

अनुमतिबिनै जीन अनुसन्धान गर्न दिएको भन्दै डा. रुनासहित ६ जनालाई स्पष्टिकरण

सरकार तथा सम्वन्धित निकायलाई जानकारी नदिइ कोरोना संक्रमित पहिलो युवाको जिन विदेशी संस्थालाई अनुसन्धान गर्न दिएको विषयमा जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झासहित ६ जनालाई स्पष्टीकरण सोधिएको छ। उनीहरुलाई परिषदले लिखित पत्रमार्फत स्पष्टीकरण सोधेको हो।

कोरोना संक्रमित भेटिएपछि धादिङको कटुवाल पौवा गाउँ नै सिल

धादिङकी ३० वर्षीय महिलामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएपछि गल्छी गाउँपालिका–८ कटुवालपौवा गाउँलाई सिल गर्ने भएको छ । शुक्रबार विहान जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा र त्यस क्षेत्रका जनप्रतिनिधिहरू सहितको संयुक्त वैठकले गाउँलाई शिल गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमितको संख्या २ सय ५८ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ। शुक्रवार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ सय ५८ पुगेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्