२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कोरोना कालको अकर्मण्यता

विश्वका विभिन्न मुलुकमा व्यापक मानवीय क्षतिको कारक बनेको कोरोनाका बिरामीहरूले हामीकहाँ यसमाथि विजय पाउँदै आएका छन् । यसले नेपालमा किन बढी प्रभाव पारेन भन्ने अनेकन प्रश्न यसबीच उठेका छन् । डा. पुनले चीन, अमेरिका, युरोप आदि मुलुकमा जस्तो मानवीय क्षति यहाँ बेहोर्नुपर्दैन भन्ने धारणा कोरोना संक्रमण फैलिन थालेदेखि नै राख्दै आएका छन् ।

कोरोना कालको अकर्मण्यता

विश्वका विभिन्न मुलुकमा व्यापक मानवीय क्षतिको कारक बनेको कोरोनाका बिरामीहरूले हामीकहाँ यसमाथि विजय पाउँदै आएका छन् । यसले नेपालमा किन बढी प्रभाव पारेन भन्ने अनेकन प्रश्न यसबीच उठेका छन् । डा. पुनले चीन, अमेरिका, युरोप आदि मुलुकमा जस्तो मानवीय क्षति यहाँ बेहोर्नुपर्दैन भन्ने धारणा कोरोना संक्रमण फैलिन थालेदेखि नै राख्दै आएका छन् ।

गरे अझै हुन्छ

धन्न अहिलेसम्म त कोरोनाकै कारण देशभित्र कसैको मृत्यु भएको छैन तर हामीलाई नयाँ कोरोना भाइरसले विशेष माया गर्नुपर्नेचाहिँ कुनै कारण छैन ।

गण्डकी प्रदेशमा डेढ महिनालाई मात्र खाद्यान्न मौज्दात

मुलुक झन्डै दुई महिनादेखि लकडाउनमा छ । अत्यावश्यक वस्तु भने आपूर्ति भइरहेकै छ । संक्रमणको गति झनै तीव्र भइरहँदा लकडाउन कहिलेसम्म लम्बिने हो, निश्चित छैन । केही गरी संक्रमण अझै डरलाग्दो भएर अत्यावश्यक वस्तुको आपूर्ति पनि रोकियो भने आफ्नै प्रदेशमा उत्पादित र मौज्दात खाद्यान्नले कति समय थेग्ला ?

कोराना परीक्षणमा भूगोल बाधक

भौगोलिक रूपमा निकै विकट भएको समयमै स्वास्थ्यकर्मी परिचालन भए पनि स्वाब संकलन र द्रुत परीक्षणका क्रियाकलाप प्रभावित हुने गरेका छन् । एक साताअघि मुगुको खत्याड गाउँपालिकामा द्रुत परीक्षण गर्दा एकजनामा कोराना पोजेटिभ देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।

दुई कर्मचारी सहित चार जना क्वारेन्टाइनमा

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई कर्मचारी सहित चार जनालाई क्वारेन्टाइनमा राखेको छ । उदयपुरबाट आएका नगरपालिकामै कार्यरत दुई कर्मचारीलाई दुर्छिमस्थित स्वास्थ्यचौकीको क्वारेन्टाइनमा र झापाबाट आएका दुई स्थानीयलाई महादेवस्थानस्थित स्वास्थ्यचौकीको क्वारेन्टाइनमा राखिएको हो ।

अवैध नाकाबाट दिनहुँ भित्रिँदै नेपाली

बाँकेस्थित नेपाल–भारत अवैध नाकाबाट दिनहुँ ठूलो संख्यामा नेपाली नागरिक भित्रिन थालेका छन् । दुई दिनको अवधिमा यहाँका विभिन्न नाकाबाट चार सय ४७ नेपाली नागरिक भित्रिएको जनाइएको छन् । सबैभन्दा बढी जिल्लाको राप्तीपारि नरैनापुरका नाकाबाट भित्रिएका छन् । उक्त नाकाबाट तीन सय ७३ जना भित्रिए । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले सीमाबाट प्रवेश भएर आएका तीन सय ७३ जनालाई आठवटा क्वारेन्टाइनमा राखिएको बताए ।

कोरोना अछुतो कर्णाली

चैतको पहिलो हप्ता मन्त्रिपरिषद्को बैठकले कर्णाली र सुदूरपश्चिममा कोरोना जोखिम बढ्न सक्ने निष्कर्ष निकाल्यो । कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला हजारौं नागरिक रोजगारीका लागि भारत जान्छन् । भारतका विभिन्न स्थानमा कोरोना संक्रमित भेटिएपछि त्यहाँ रहेका नेपाली धमाधम स्वदेश फर्किंदै थिए ।

कोरोना रोकथाममा खटिने जनप्रतिनिधिलाई भत्ता

जिल्लाका केही स्थानीय तहले कोरोना महामारीको समयमा स्थानीय तहबाट पाउने भत्ता राहत कोषमा जम्मा गर्ने निर्णय गरे पनि पाटन नगरपालिकाले भने जनप्रतिनिधिलाई भत्ता दिने निर्णय गरेको छ । डिलासैनी र दोगडाकेदार गाउँपालिकाले कोरोना महामारीसँग जुध्न जनप्रतिनिधिहरूले आफूले बैठकमा पाउने भत्ता कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

कोराना बिमा गर्दै जुम्लाका जनप्रतिनिधि

जनताको नजिकको सरकारको रूपमा रहेका स्थानीय सरकारका जनप्रतिनिधिले धमाधम कोरोना बिमा गर्न थालेका छन् । सधैं जनतासँग घुलमिलमा रहनुपर्ने भएकाले संक्रमणको खतरा हुने भन्दै कोराना बिमा गर्न थालेका हुन् । सबै जुम्लाबासीलाई कोरोना बिमा गर्न जुम्लाका अधिकांश जनप्रतिनिधिले आग्रह गरेका छन् ।

पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले कोरोना भाइरसको सङ्क्रमणबाट नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

संक्रमितको संख्या बढेसँगै उपचारमा समस्या, तयारी सुस्त

प्रदेश नं. ५ मा संक्रमितको संख्या बढ्दै छ । अहिले सम्म ९३ जना संक्रमित देखिएका हुन् । एक जना निको भएर घर गएका छन् । ९२ जना मध्ये ८२ जनालाई अस्पताल ल्याइएपनि बेड अभावमा १० जना संक्रमितलाई अहिले सम्म अस्पताल ल्याइएको छैन् ।

कोरोना भाइरस उपचार केन्द्र बनाउन लागिएको कलैया अस्पतालको विकल्प खोज्न माग

प्रदेश २ सरकारले जिल्ला अस्पतालको रुपमा सेवा दिई रहेको कलैया अस्पताललाई कोरोना उपचार केन्द्रका रुपमा सञ्चालन गर्ने गरेको निर्णयको बिरोध शुरु भएको छ । प्रदेश सरकारको निर्णयले कलैया अस्पातलले दिइरहेको इमरजेन्सी, ओपिडि, इन्डोर, प्रसूति र प्रसूति शल्यक्रिया लगाएतको सेवाहरु अवरुद्ध हुने भएकोले यसको बिकल्प खोज्न माँग गदैैै बिरोध शुरु भएको हो ।

दुईजनाको पिसिआर ‘नेगेटिभ’

जिल्लाबाट स्वाब नमुना पठाइएका २ जनाको पोलिमर चेन्ज रियाक्सन (पिसिआर) परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पतालको आइसोलेसनमा रहेका फाकफोकथुम गाउँपालिका–२ का ३७ वर्षे युवक र उनीसँगै बिरामी कुरुवाका रूपमा आएकी ३५ वर्षीया युवतीको टिपोर्ट नेगेटिभ आएको हो ।

संक्रमण बागलुङमा की बारामा ?

लकडाउनको बेला बागलुङबाट बस चढेर बारा पुगेका १४ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङको गलकोट नगरपालिकाका बासिन्दाको स्वाव पनि परीक्षण गर्ने तयारी भएको छ । बागलुङमै संक्रमण फैलिएको हो वा बारा पुगेपछि फैलिएको भन्ने थाहा पाउन परीक्षण गर्न थालिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्