२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

टिचिङ अस्पतालका ४५ जना क्वारेनटाइनमा

घाँटीको शल्यक्रिया गर्ने तयारीको लागि पठाइएको नमूनामा कोरोना पोजिटिभ देखिएपछि उनको उपचार तथा हेरचाहमा खटिएका चिकित्सक, नर्स तथा सम्पर्कमा पुगेका अन्य विरामी तथा अन्य व्यक्ति गरी ४५ जनार्ला क्वारेनटाइनमा राखिएको टिचिङ अस्पतालका कोभिड – १९ संयोजक डा. सन्त कुमार दासले बताए ।

कोरोना कोषमा माछापुछ्रे बैंकको सहयोग

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस बिरुद्धको विपद व्यवस्थापन कोषमा सहयोगीको साथ मिल्ने क्रम जारी छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा माछापुछ्रे बैंकले ५० हजार रकम जम्मा गरिदिएको छ ।

बाजुरामा किटको अभावः परीक्षण नै नगरी होम क्वारेन्टाइनमा पठाइयो

बाजुरामा आरडिटी किटको अभाव भएको छ। किट अभावमा जिल्ला बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका १६० जनालाई परीक्षण नै नगरी घर पठाइएको छ।

गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय

कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय गरेको छ।

उपत्यका बाहिरबाट आएकालाई खोज्न ‘माइकिङ’

भक्तपुरको थिमी र दुवाकोटमा मंगलवार कोरोना संक्रमित भेटिएपछि स्थानीयले नगरपालिकाका बिभिन्न वडामा बाहिरबाट आएकालाई खोज्ने अभियान नै चलाएका छन् । प्रहरीले बुधवार नै नगरपालिकाको शंखधर चोक सिल गरेको छ ।

विदेशबाट फर्केकासहित दुईजनाको पिसिआर ‘नेगेटिभ’

जिल्लाबाट स्वाब नमुना पठाइएका दुई जनाको पोलिमर चेन्ज रियाक्सन (पिसिआर) परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पतालको आइसोलेसनमा रहेका फाकफोकथुम गाउँपालिका–२ का ३७ वर्षे युवक र उनीसँगै बिरामी कुरुवाका रूपमा आएकी ३५ वर्षीया युवतीको टिपोर्ट नेगेटिभ आएको हो ।

लकडाउन उल्लंघन गर्ने २५ जनालाई दुई घण्टा 'होल्ड'

खोटाङमा लकडाउन उल्लंघन गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर दुई घण्टा होल्ड गरेको छ । दिक्तेलबजारमा दैनिक बिहान ७ बजेदेखि १० बजेसम्म आवश्यक सामग्री किनमेलका लागि लकडाउन खुला गरिएपनि अनावश्यक हिँडडुल गर्ने व्यक्तीलाई नियन्त्रणमा लिएर दुई घण्टा होल्ड गरिएको हो ।

‘कोरोना पत्रकार राहत कोष’ स्थापनाका लागि सुझाव

अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आगामी बजेटमा समेट्नुपर्ने सञ्चार क्षेत्रका प्राथमिकताका विषयमा आज सुझाव दिएको छ । समितिका अध्यक्ष राजेन्द्र अर्यालले बुझाएको नौ बुँदे सुझावपत्रमा कोरोना जोखिमका कारण प्रभावित सञ्चार क्षेत्रलाई विशेष व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

लकडाउनको ५२औं दिनः चेकजाँचमा कडाइ, जनजीवन फेरि प्रभावित

सरकारले लकडाउनलाई आजदेखि पुनः कडाइका साथ लागू गरेको छ। लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले आइतबारदेखि सवारी साधन सञ्चालनका लागि केही सहज बनाएको थियो।

सिँजामा पनि ‘मेडिकल मार्च’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा. शम्भु यादव र डा. विशाल पोखरेल खटिएका हुन् । नराकोट स्वास्थ्य चौकीमा प्रमुख जगतजङ जिसीका अनुसार चिकित्सकबाट स्वास्थ्य चेकजाँचको काम शुरु भइसकेको छ । कर्णाली प्रदेशको समन्वयमा पहिलो पटक सिंजा गाउँपालिकाभित्र विशेषज्ञ सेवा सहितको ‘मेडिकल मार्च’ शुरु भएको उनले जानकारी दिए ।

घरबेटीले कोरोना नभएको कागज खोज्न थालेपछि अस्पतालमा परीक्षण गर्नेहरुको भीड

एक साता अघिसम्म सुनसान बनेको शुक्रराज सरुवा रोग अस्पताल यतिखेर कोरोनना परिक्षण गर्न आउनेहरुको कारण भरिभराऊ छ । दुई/तीनदेखि यता अस्पतालमा दैनिक ५ सय जना कोभिड – १९ परिक्षण गर्नकै लागि पुग्ने गरेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए । उनको अनुसार सरकारले लकडाउन खुकुलो गरेसंगै आइतवारदेखि नै विरामीको भीड लागेको हो ।

थप दुई जनामा कोरोना पुष्टि

बिहीवार थप दुई जनामा कोरोना संकमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंको चन्दागिरीका ३२ वर्षीय पुरुषमा र कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कपिलवस्तुमा ३ सुरक्षाकर्मीमा पनि कोराना संक्रमण

कपिलवस्तुमा कार्यरत तीन जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । कृष्णनगरमा लिंक गेट र बजामरा डियुटीमा खटिएका चार जनामा कोरोना भएको हो । प्रहरी स्रोत अनुसार राष्ट्रिय अनुसन्धानका प्रहरी सहायक निरिक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायव निरिक्षकलाई कोरोना देखिएको हो ।

प्रदेश ५ मा २३ जना संक्रमित थपिए, संक्रमित संख्या ९३ पुग्यो

प्रदेश न. ५ का ४ जिल्लामा बुधबार कोरोनाका २३ जना नयाँ संक्रमित थपिएका छन् । ४ र १० बर्षका बालिका सहित महिला र सुरक्षाकर्मीलाइ समेत कोरोना संक्रमण देखिएको छ । बुधबार रुपन्देहीमा दुइ बालिका सहित १२ जना, कपिलवस्तुमा चार जना सुरक्षाकर्मी सहित ९ जना र बाँके र नवलपरासीमा एक/एक जना संक्रमित फेला परेका हुन् ।

तीन दिनमा ४ हजार ७ सयबढी नेपालीहरू लुकेरै नेपाल पसे

भारतका कोरोना फैलिएका शहरहरूबाट फर्केकाहरूबाटै कोरोनाको संक्रमण भित्रीरहेको प्रदेश नं. ५ मा अझैपनि सिमाक्षेत्रबाट असाबधानी पुर्बक नेपालीहरू लुकेर पस्ने क्रम घटेको छैन । बरु झन बढेको छ । पछिल्लो तिन दिनमा प्रदेशका सिमावर्ती ४ वटा जिल्लाबाट ४ हजार ७ सय बढी नेपालीहरू लुकेर नेपाल पसेका छन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्