६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लकडाउन उल्लंघन गर्ने २५ जनालाई दुई घण्टा 'होल्ड'

खोटाङमा लकडाउन उल्लंघन गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर दुई घण्टा होल्ड गरेको छ । दिक्तेलबजारमा दैनिक बिहान ७ बजेदेखि १० बजेसम्म आवश्यक सामग्री किनमेलका लागि लकडाउन खुला गरिए पनि अनावश्यक हिँडडुल गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर दुई घण्टा होल्ड गरिएको हो । बजारमा बिनाकाम हिँडडुल गर्ने व्यक्तिलाई सडकमै दुई घण्टा उभ्याएर आगामी दिनमा अनावश्यक लकडाउन उल्लंघन नगर्ने सर्तमा छाडिएको खोटाङका डिएसपी नारायण चिमोरियाले बताए ।  

होल्ड गरिएका व्यक्तिलाई लकडाउनको पालनाका लागि सचेत गराएर छाडिएको प्रहरीले जनाएको छ । ‘किनमेल गर्ने मान्छेलाई छाडेका छौं, तर अनावश्यक बजारमा मुभमेन्ट गर्नेलाई होल्ड गरिएको हो,’ डिएसपी चिमोरियाले भने, ‘त्यत्तिकै बजारमा हिँडडुल गर्ने उनीहरूलाई सचेत गराएर आगामी दिनमा कमजोरी नगर्ने सर्तसहित छाडिएको छ ।’  

दिन प्रतिदिन कोरोना भाइरसको संक्रमित फेला पर्न थालेपछि लकडाउनको पालनामा कडाइ गरिएको हो । आगामी दिनमा पनि लकडाउन उल्लंघन गर्नेलाई होल्ड गरिने डिएसपी चिमोरियाले बताए । दिक्तेलबजारमा लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई समात्ने ट्र्यापरसहितका प्रहरी परिचालन भएका छन् । लकडाउनका बेला अत्यावश्यक काममा बाहेक हिँडडुल नगर्न प्रशासनले आग्रह गरेको छ ।  

 

प्रकाशित: १ जेष्ठ २०७७ ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App