२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कोराना परीक्षणमा भूगोल बाधक

कर्णालीमा कोराना परीक्षणका लागि भूगोल बाधक बनेको छ । यहाँ जिल्ला सदरमुकामदेखि ग्रामिण क्षेत्र सम्म पुग्न एकदेखि तीन दिनसम्म लाग्ने गर्छ । भौगोलिक रूपमा निकै विकट भएको समयमै स्वास्थ्यकर्मी परिचालन भए पनि स्वाब संकलन र द्रुत परीक्षणका क्रियाकलाप प्रभावित हुने गरेका छन् । एक साताअघि मुगुको खत्याड गाउँपालिकामा द्रुत परीक्षण गर्दा एकजनामा कोराना पोजेटिभ देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।

जुम्लादेखि खत्याड सम्म गाडीमा पुग्न एक दिन लाग्यो । त्यो टोली एक हप्ता त्यही बस्यो । खत्याडबाट सदरमुकाम गमगढी आउन सकिने अवस्था पनि भएन, न त कर्णाली प्रतिष्ठान जुम्लामा । भौगोलिक रूपमा निकै विकट भएकाले टोली गाउँमै बस्यो । कर्णालीका हुम्ला र डोल्पा सडकले जोडिएका छैनन् । ती जिल्लामा हेलिकप्टर प्रयोगको विकल्प छैन । मुगु, जुम्ला, कालिकोटमा सडक जोडिएको छ तर ग्रामीण क्षेत्रमा सहजै रूपमा जान सकिने अवस्था छैन । पैदल हिँडेर गाउँमा जानुको विकल्प छैन ।

अहिले पिसिआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली सडक मार्ग हुदै सबै जिल्लामा पुग्न सकिने अवस्था छैन । मुगु र हुम्लामा हेलिकोप्टरबाट चिकित्सक ओसारिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठा शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. मंगल रावल बताउँछन् । उनका अनुसार ती जिल्लामा हेलिकोप्टर यात्राको विकल्प पनि थिएन । निर्देशक डा. मंगल रावल भन्छन्, ‘भुगोल त विकट छ नै । त्यो भन्दा बढि इच्छाशक्तिको आवश्यकता छ ।’  

प्रतिष्ठानका अनुसार हुम्लाको पाँच ठाउँका लागि १० जनाको स्वास्थ्यकर्मीको टोली खटाइएको छ । मुगुका दुई ठाउँका लागि चारजना र कालिकोटका तीन ठाउँका लागि पाँचजनाको टोली खटाइएको छ । त्यो टोली प्रतिष्ठानसम्म पुग्न हेलिकोप्टरको सहयोग लिनुको विकल्प छैन । संकलित स्वाब तीन दिनभित्र पु¥याइसक्नुपर्छ । कालिकोटका प्रजिअ कृष्णचन्द्र पौडल भौगोलिक विकटताका कारण कोराना परीक्षणको काम गर्न समस्या भइरहेको बताउँछन् । ‘यहाँको भूगोलले गर्दा अपेक्षाअनुसार कोराना परीक्षण हुन सकेको छैन ।’ कालिकोटका नजिक स्थानमा सहजै भएपछि टाढा पुग्न निकै समस्य छ ।  

प्रत्येक क्षेत्रमा सडक जोडिएको छैन । अहिले पनि हिँडेर जानुपर्ने बाध्यता छ । सात आठ घन्टा हिँडेर जानुपर्दा समस्या छ । प्रजिअ पौडेल प्रत्येक वडामा १० जनाको स्वाब संकलन कार्य शुरु भइरहेको बताउँछन् । विभिन्न समूह छुट्ट्याएर पिसिआरका लागि स्वाब संकन भइरहेको छ । हालसम्म ¥यापिड परीक्षण चार सय ८८ जनाको भएको छ । सबैको कोराना रिपोर्ट नेगेटिभ आएको छ ।  

पिसिआर १९ जनाको परीक्षण भइसकेकोमा १० जनाको परीक्षण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पठाइएको छ । मुगुमा ३ सय ३५ जनाको ¥यापिड परीक्षण भएको छ । ११ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार स्वाब संकलन र ¥यापिड परीक्षणका लागि निकै कठिन छ । भारतदेखि मुगुमा तीन सय ६२ जना भित्रिएकोमा तीन सय ३५ जनाको द्रुत परीक्षण भइसकेको छ । पछिल्लो समय दार्चुला, सुर्खेत, नेपालगन्ज हँुदै भारतबाट आएकाहरूको खोजी भइरहेको छ ।  

हुम्लामा दुईतिन दिन लगाएर गाउँमा जानुपर्छ । डोल्पामा पनि भौगोलिक विकटताका कारण कोराना परीक्षण निकै प्रभावित भइरहेको छ । एक जिल्लाबाट एक हजार जनाको स्वाब संकलन गर्ने गरि कर्णाली प्रतिष्ठानको टोली खटिएको छ । सबै ठाउँको स्वाब संकलन गरेर परीक्षण भइसकेपछि पैदल हिँडेर स्वाब संकलन गर्न डोल्पा जाने भएको छ । जुम्ला साविकको अन्य जिल्ला भन्दा सुगम भएकाले पिसिआर परीक्षण एक हजार तीन सय बढी भइसकेको छ । र्यापिड परीक्षण दुई सय ६१ जनाको भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।  

प्रजिअ दुर्गा बन्जाडे जुम्लामा कोराना परीक्षण कार्य तीव्र गतिमा भइरहेको बताउँछिन् । तर कोरानाबाट बच्न उच्च सतर्कता अपनाउँदै लकडाउनको पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालय जुम्लाले अनुरोध गरेको छ । कर्णालीमा पूर्वतयारी छ । अस्पतालमा दक्ष चिकित्सक छन् । औजार उपकरण पनि गुणस्तरीय नै छन् । तर ग्रामीण क्षेत्रमा परीक्षण गरिएको स्वाब पु¥याउन निकै सकस भइरहेको छ । कर्णाली प्रतिष्ठानले साविकको कर्णालीको पाँच जिल्लाका पाँच हजार जनाको स्वाब संकलन गरिरहेको छ । कर्णाली प्रदेश सरकारले हुम्ला र मुगु जाने स्वास्थ्यकर्मीलाई हेलिकोप्टरबाट पठाएको थियो ।

प्रकाशित: १ जेष्ठ २०७७ १८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App