स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तीमा बर्दिया नार्खु–११ का संक्रमित भन्ने गलत समाचारले जिल्ला भर सन्त्रास फैलिएको छ । जिल्लामा राजापुर नगरपालिका ११ नार्खु लेखिएपनि राजापुर नगरपालिकामा १० वटा मात्र वडा रहेका छन् । नार्खु गाउँ नभएकाले सत्य तथ्य बुझिरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । जिल्ला स्वास्थ्य कार्यालयले नार्खु भन्ने कुनै गाउँ नभएको र त्यहाँबाट कसैको स्वाब नलिएको जनाएको छ ।
‘नार्खु भन्ने गाउँ नभएकाले कहाको गाउँ रहेछ भन्ने बुझ्ने काम भएको छ,’ प्रजिअ लामिछानेले भने, ‘जिल्लामा शनिबार बिहान ७२ जनाको रिपार्ट नेगेटिभ आएको छ, अन्य ठाउँको नार्खुमा बसेकाको स्वाबको रिपार्ट नेगेटिभ आएको भए थाहा भएन ।’ उनका अनुसार संकलन भएका सबैको स्वाबको रिपार्ट आईसकेको छ ।
कोरोना पुष्टि भएको भनि जिल्ला र गाउँ नै गलत गरेर स्वास्थ्य मन्त्रालयल सार्वजनिक गरेको प्रेस विज्ञप्तीले जिल्ला भरि सन्त्रास फैलिएको उनी बताउँछन्। सोमबार भने बर्दियाको राजापुरमा ११ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित: ३ जेष्ठ २०७७ ०६:२७ शनिबार





