१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

शीर्ष ८ बाट बाहिरिएपछि एमबाप्पेले भने : हामी यो अवस्थाको हकदार छौँ

रियल म्याड्रिडका स्ट्राइकर केलियन एमबाप्पेले बुधबार आफ्नो टोली च्याम्पियन्स लिगको अन्तिम लिग खेलमा शीर्ष आठबाट बाहिरिएपछि टोली याे कुराकाे हकदार भएकाे बताएका छन्।

गएराति भएको खेलमा बेनफिकासँग ४-२ गोलको अन्तरले पराजित भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। 'हामी आज यो अवस्थामा हुनुको हकदार छौं, बेन्फिले राम्रो खेल खेल्यो, अब हामीले थप दुई प्ले-अफ खेल खेल्नु पर्छ। ती प्लेअफ खेल्नु दुखद कुरा हो हामी फेब्रुअरीमा हाम्रो खेलमा काम गर्न समय चाहन्थ्यौं,' एमबाप्पेले खेलपछि पत्ररकारलाई भने।

रियलका लागि एमबाप्पेले खेलेको ३०औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए। यो हरापछि रियल शीर्ष ८ मा नपर्दा उसले सिधैँ अन्तिम १६ खेल्न पाएन जसले गर्दा रियलले अब प्लेअफ खेल्नेछ।

टोली हारे पनि उनले टोलीलाई समर्थन गर्न आउन आग्रह गरेका छन्। 'हामीलाई समर्थन गर्न आउनुहोस, हाम्रो हिजोकाे खेल खराब रह्याे, तर हामी च्याम्पियन्स लिगबाट बाहिरिएका छैनौं र ला लिगामा हामी अहिले राम्रो गतिशीलतामा छौं,' एमबाप्पेले उक्त कुरा बताए।

प्रकाशित: १५ माघ २०८२ १३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App