६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कोरोना संक्रमितको संख्या २ सय ५८ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ। शुक्रवार  थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ सय ५८ पुगेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको हो।

उनीहरु मध्ये एक जना मकवानपुरका ३७ वर्षीय पुरुष छन् भने बाँकी बाँके नैरापुरको वडा नम्बर १, ३ र ५ का ८ जना पुरुष छन्। उनीहरु सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित: २ जेष्ठ २०७७ ०४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App