२४ वैशाख २०८१ सोमबार
image/svg+xml

सीमामा भारतसँग झडपबारे चीनको प्रतिक्रियाः गल्ती हाम्रो होइन

त्यो घटना दुई देश (चीन–भारत) को सीमाको लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् वास्तविक नियन्त्रण रेखाको चिनियाँ क्षेत्रपट्टि भएको दाबी चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले गरेका छन्।

लिम्पियाधुरा, लिपुलेक नेपालको भएको केही प्रमाण

सन् १८१६ मा जतिवेला सुगौली सन्धिमा हस्ताक्षर भयो, त्यतिवेला सम्बन्धित कुनै पनि नक्सा संलग्न गरिएको थिएन । नेपालसँग त आफ्नो आधिकारिक नक्सा पनि थिएन । तर, सन् १८१६ देखि १८५६ सम्म प्रकाशित सबै नक्साले सुगौली सन्धिद्वारा सीमा नदीका रूपमा स्वीकार गरिएको कालीनदी लिम्पियाधुराबाट सुरु भएको स्पष्टसँग स्थापित गरेका छन् ।

वार्ताबाट समाधान खोज्छौं: राजनाथ

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारतबीच उत्पन्न विवादलाई वार्ताको माध्यमबाट समाधान खोज्ने बताएका छन्। उत्तराखण्डको भर्चुअल ¥यालीलाई सम्बोधन गर्दै उनले लिपुुलेकमा सडक निर्माण गरेकामा नेपालमा कुनै भ्रम भए यसको समाधान मिलेर बसेर निकाल्ने बताएका छन्। ‘हामीले वार्ताका माध्यमबाट त्यसको समाधान निकाल्छौं,’ उनले भनेका छन्।

‘सीमा विवाद वार्ताबाटै समाधान गर्नुपर्छ’

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले भारतसँगको सीमा विवाद वार्ताबाटै समाधान गर्नुपर्ने बताएका छन् । कांग्रेस नेतृ शैलजा आचार्यको ११औं स्मृृति दिवसका अवसरमा शैलजा आचार्य पोलिटेक्निकल इन्स्टिच्युटले विराटनगरमा बिहीबार आयोजना गरेको कार्यक्रममा कोइरालाले सीमा विवाद वार्ताको माध्ययमबाटै टुंगो लगाउनुपर्नेमा जोड दिएका हुन् ।

‘कूटनीति र संवादबाटै समस्याको निकास खोज्नुपर्छ’

भारतीय राष्ट्रिय कांग्रेसले कालापानी–लिपुलेक क्षेत्रलाई लिएर भारत र नेपालबीच उत्पन्न पछिल्लो परिस्थिति अन्त्यका लागि कूटनीति र संवादलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ ।

२०३५ देखि नाभी, गुञ्जी र कुटी भारतीय अतिक्रमणमा

सन् १८७५ जनवरी ७ मा अंग्रेज सरकारले दाङको सीमाकंन गरी नेपालको नक्सा तयार ग¥यो। सो नक्सामा पनि नेपालको पश्चिमी सीमा लिम्पियाधुरा देखाइएको छ।

नेपालको उत्तरी सीमा देखाउने १८५० को त्यो नक्सा

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा बेलायत जाँदा सन् १८५० मै नेपाली पक्षबाट लिम्पियाधुरादेखिको भूभाग समेटिएको नक्सा बेलायतमा प्रकाशित भएको थियो।

भारतीय सेना हटाउन २०३१ सालमै दरबारबाट प्रयास भएको थियो

कालापानीमा भारतीय सेना राख्न नेपालका शासकहरूले सहमति दिएको भन्ने कुनै कागज वा लिखित प्रमाण छैन।

सीमा विवाद र रुकुम घटनाको विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाका सांसदहरुले सीमा विवाद समाधान र रुकुम घटनाको छानबिन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले रुकुममा भएको अमानवीय घटना र सीमा विवाद समाधानको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

अतिक्रमणबारे विभिन्न भाषामा भिडियो

नेपालको भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतले अतिक्रमण गरेको विषयमा अन्तर्राष्ट्रिय जगत्लाई जानकारी गराउने उद्देश्यले विभिन्न भाषामा भिडियो सन्देश निर्माणको अभियान सुरु भएको छ।

परिपक्व र जिम्मेवार कूटनीति प्रदर्शन गर्न नेपाललाई सुझाव

नेपाल भारत सम्बन्ध बिग्रिँदा त्यसको असर नेपालमा मात्र नभएर भारतमा पनि उत्तिकै पर्छ। त्यसैले समस्या समाधान गर्न भारतबाटै सकारात्मक र रचनात्मक प्रयास हुनुपर्छ: विज्ञ

नाभी, गुञ्जी र कुटीबासीले २०३५ सालसम्म बाली बुझाउँथे

हालै अद्यावधिक गरिएको नयाँ नक्साभित्र समेटिएका गुञ्जी, नाभी र कुटीबासीले २०३५ सालसम्म नेपाल सरकारलाई बाली बुझाउँदै आएको तथ्य र प्रमाणहरू भेटिएको छ ।

सीमा विवाद : वार्ताबाटै समाधान खोज्नुपर्छ

नेपाल र भारतबीच भौगोलिक स्वामित्वलाई लिएर विवाद भइरहेका बेला नेपालले वार्ताकै माध्यमबाट विवाद समाधानको पक्षमा रहेको जनाएको छ । ‘हाम्रो तर्फबाट वार्ताकै माध्यमबाट विवाद समाधान गर्नेमै जोड हुन्छ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भने ।

नेपालको नयाँ नक्सा : कुल क्षेत्रफल १४७५१६ वर्ग किमी, तत्काल १० हजारप्रति छापिने

नेपालमा मात्र होइन सिंगो विश्व मानचित्रमा नेपालको मानचित्र बदलिएको छ, यसले नेपालीको मन पनि बदलिएको छ। त्यतिमात्र होइन, नेपालको बदलिएको मानचित्रले जनताको मनोबललाई अझ उच्च बनाएको छ। –पद्मा अर्याल, मन्त्री, भूमि व्यवस्था

यही हो नयाँ नक्सामा समेटिएको अतिक्रमण भूभाग

दार्चुला जिल्लाको छाङरुबाट देखिएको भारतले मिचेको भूभाग (नदीको माथिल्लो भेगमा देखिएको हिउँसहितको पहाड)। बीचमा काली नदी छ। काली नदीको बायाँको भूभाग भारत हो भने दायाँ नेपाल हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्