८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सीमामा भारतसँग झडपबारे चीनको प्रतिक्रियाः गल्ती हाम्रो होइन

फाइल तस्बिर

सीमा क्षेत्र लद्दाखमा केही सैनिकको ज्यान जाने गरी भएको झडप आफ्ना कारण नभएको दाबी चीनले गरेको छ।  

त्यो घटना दुई देश (चीन–भारत) को सीमाको लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् वास्तविक नियन्त्रण रेखाको चिनियाँ क्षेत्रपट्टि भएको दाबी चीनको परराष्ट्र मन्त्रालयका  प्रवक्ता झाओ लिजियानले गरेका छन्।  

यसबाटै गल्ती चीनको हो कि भारतको, प्रस्ट हुने उनको भनाइ छ।  

 

यो पनि पढ्नुहोस्

भारत- चीन सम्बन्धका चुनौती

 

सोमबार साँझ सीमा क्षेत्रमा भएको चीन–भारत सेनाबीचको झडपमा आफ्ना २० सैनिकको मृत्यु भएको भारतले मंगलबार औपचारिक जानकारी गराइसकेको छ। त्यस क्रममा चिनियाँ सैनिक पनि हताहत भएको भारतको दाबी छ। तर चीनले यससबारे केही बताएको छैन।  

चीनतर्फ पनि क्षति भएको हो भन्ने प्रश्नमा चिनियाँ परराष्ट्र प्रवक्ता झाओले केही बताएनन्। 

गलवान उपत्यकाको सार्वभौमसत्ता चीनसँग भएको दाबी गर्दै चिनियाँ परराष्ट्र प्रवक्ता झाओले भारतीय सैनिकले सीमासम्बन्धी नियम उल्लंघन गरेको आरोप लगाएका छन्। यस्तै दुई देशबीच कूटनीतिक र सैनिक दुवै माध्यमबाट कुराकानी भइरहेको जानकारी पनि उनले दिएकाे चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले ट्विटरमा लेखेको छ। 

बीबीसीका अनुसार भारत-चीन सीमामा झन्डै ४५ वर्षयता पहिलोपटक सैनिककाे मृत्यु हुने गरी झडप भएकाे हाे। 

प्रवक्ता झाओले भारतीय सैनिकले दुईपटक सीमा नाघेर चिनियाँ पक्षलाई उत्तेजित पारेपछि भिडन्तको स्थिति उत्पन्न भएको दाबी गरेका छन्। बिबिसी

प्रकाशित: ३ असार २०७७ १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App