६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

यही हो नयाँ नक्सामा समेटिएको अतिक्रमण भूभाग

तस्वीर: नारायण ढुङ्गाना/रासस

दार्चुला जिल्लाको छाङरुबाट देखिएको भारतले मिचेको भूभाग (नदीको माथिल्लो भेगमा देखिएको हिउँसहितको पहाड)। बीचमा काली नदी छ। काली नदीको बायाँको भूभाग भारत हो भने दायाँ नेपाल हो। दोभान माथि बीचमा देखिएको हिउँसहितको पहाडको बायाँ लिम्पियाधुराबाट काली नदी आउँछ। त्यो पहाडको दायाँबाट लिपुलेक कालापानी हुँदै लिपु खोला बग्छ। 

अतिक्रमित भूभाग समेटेर सार्वजनिक गरिएको नक्सा।

गुञ्जी दोभानमा आएर मिसिन्छ। छाङरुबाट गुञ्जी १० किलोमिटरको दूरीमा छ। त्यही लिपुखोलालाई काली दावी गरेर भारतले त्यस उता लिम्पियाधुरासम्मको भूभाग भारतले अतिक्रमण गरेको छ। उक्त पहाडमा गुञ्जी, कुटी, नावीलगायत गाउँ पर्छ। बुधबार सरकारले यो सबै भूभाग समेटेर नेपालको नक्सा सार्वजनिक गरेको हो।  

प्रकाशित: ७ जेष्ठ २०७७ ०९:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App