२० श्रावण २०७७ मंगलबार
राजनीति

‘कूटनीति र संवादबाटै समस्याको निकास खोज्नुपर्छ’

भारतीय राष्ट्रिय कांग्रेसले कालापानी–लिपुलेक क्षेत्रलाई लिएर भारत र नेपालबीच उत्पन्न पछिल्लो परिस्थिति अन्त्यका लागि कूटनीति र संवादलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ । 

अखिल भारतीय कंग्रेस समितिको अन्तरराष्ट्रिय सम्बन्ध विभागका अध्यक्ष तथा राज्यसभाका नेता आनन्द शर्माले बुधबार राति जारी गरेको वक्तव्यमा कूटनीति र संवादको माध्यमबाटै वर्तमान समस्याको समाधान खोजिनुपर्ने आवश्यकता औंल्याइएको छ ।          

ऐतिहासिक एवं समयले परख गरेको पारस्परिक सम्मान, मैत्री र विश्वासमा आधारित भारत–नेपाल सम्बन्ध दुई देशका जनताबीचको सुदृढ, सांस्कृतिक सम्बन्ध र रीतिरिवाजले अद्वितीय र विशेष तुल्याएको बताउँदै वक्तव्यमा प्राकृतिक छिमेकी एवं मित्र भारत र नेपालबीचको लामो समयदेखिको अमूल्य सद्भावलाई सुदृढ र सुरक्षित बनाउन सुझाइएको छ ।         

भारत र नेपालबीच वार्ताका माध्यमबाट द्वन्द्व र मतभिन्नतालाई निरुपण गर्ने स्थापित द्विपक्षीय संयन्त्र हुँदा हुँदै उत्पन्न वर्तमान गतिरोधले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा क्षति पुगेको जनाउँदै भारतीय कांग्रेसले त्यसलाई अविलम्ब सम्बोधन गर्न माग गरेको छ । एकार्काका संवेदनशीलतालाई बुझेर दुवै देशले रणनीतिक साझेदारीको प्रवद्र्धनका निम्ति अति धेरै लगानी गरेको जनाउँदै वक्तव्यमा वार्ताबाटै निकास खोज्न सुझाव दिइएको छ ।      

प्रकाशित: २९ जेष्ठ २०७७ १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App