१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सूर्यविनायकमा धमाधम भत्काइँदै छ अस्थायी संरचना

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि पूर्वतिरका राजमार्गमा रहेका अस्थायी सरचनाहरु हटाउन थालिएका छन्।

नेपाल प्रहरी, सूर्यविनायक नगरपालिकाका नगर प्रहरीको सुरक्षामा मिचेर बनाइएका अस्थायी संरचनाहरु डोजर लगाएर भत्काउन सुरु गरिएको हो।

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रे पुग्ने राजमार्ग खण्ड ६ लेनमा विस्तार गर्ने योजनाको काम भइरहेको छ। योजना अन्तर्गत राजमार्ग खण्डभित्र पर्ने गरी बनाइएका टहरालगायतका भौतिक संरचनाहरु भत्काउन सुरु गरिएको हो।

फिल्डमा खटिएका आयोजनाका इन्जिनियर विवेक पाण्डेले राजमार्गको केन्द्रबाट ७५ फिटको क्षेत्राधिकार भित्र बनाइएका अस्थायी संरचनाहरु भत्काउन थालिएको बताए।

यो कामलाई निरन्तर रुपमा अगाडि बढाइने भन्दै उनले राजमार्ग केन्द्रबाट नाप्दै नाप्दै अनियमित भएकाहरु टहरा लगायतका संरचनाहरु धमाधम भत्काउन सुरु गरिएको बताए।

अरनिको राजमार्ग भक्तपुर र सूर्यविनायक नगरपालिकाको सिमाना हो। राजमार्गको उतर क्षेत्र भक्तपुर नगरपालिका क्षेत्रभित्र पर्दछ भने दक्षिण क्षेत्र भक्तपुरकै सूर्यविनायक नगरपालिका क्षेत्रभित्र पर्दछ।

पहिलो चरणमा सूर्यविनायक नगरपालिका क्षेत्रभित्रका अस्थायी टहराहरु भत्काउन थालिएको हो। राजमार्ग विस्तार अन्तर्गत अहिले धमाधम कामहरु भइरहेको छ। अतिक्रमणका कारण सडक विस्तार कार्यमा ढिलाई भएको भन्दै अस्थायी संरचना भत्काउन थालिएको जनाइएको छ।

यता पीडितहरुले बिना जानकारी घर टहरा भत्काउन थालेको भन्दै विरोध जनाएका छन्। 

प्रकाशित: २२ माघ २०८० १२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App