९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

विष सेवनबाट गम्भीर बनेकी आमाको पनि मृत्यु

गत सोमबार विष सेवनबाट गम्भीर भएकी धनुषा सहीदनगर नगरपालिका ५ बासुदेवपट्टीकी ३० वर्षीया पविताकुमारी साहको उपचारका क्रममा मृत्यु भएको छ। शुक्रबार बिहान जनकपुरधामस्थित रामजानकी अस्पतालमा उनको मृत्यु भएको हो।

सोमबार साँझ आफ्नै घरमा तीन छोराछोरीसहित गहुँमा प्रयोग गरिने सल्फास नामको विषादी सेवन गरेकी थिइन्। सोही दिन उनको ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी मृत्यु भएको थियो।

विष सेवन गरेकी पविता गर्भवती थिइन्। शुक्रबार साँझदेखि उनको रामजानकी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। पविताको शल्यक्रिया गरेर बच्चालाई जोगाइएको थियो। बच्चाको स्वास्थ्य अवस्था अहिले समान्य रहेको अस्पतालका सञ्चालक मिथलेश साहले जानकारी दिए।

घरायसी विवादका कारण उनले चिसो पेय पदार्थमा विष मिलाएर तीनै छोराछोरीलाई खुवाएर आफूले पनि सेवन गरेकी थिइन्। पविताले विष सेवन गरेको परिवारले थाहा पाएपछि उपचारका लागि अस्पताल लिएर आएका थिए। पविताको माइती पक्ष र बुबा रामचन्द्र साहले ससुरा पक्षले शारीरिक र मानसिक यातना दिएकै कारण पविताले विष सेवन गरेको आरोप लगाउँदै आएका छन्।

उपचारका क्रममा माइती पक्ष र ससुरा पक्षबीच विवाद भएपछि पविताका श्रीमान् सुशिल साह, ससुरा नारायण साह अस्पतालबाट बाहिरिएका थिए। अस्पतालमा पविताको कुरुवा नातामा जेठान पर्ने विनोद साह थिए। 

प्रकाशित: १२ वैशाख २०८२ १०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App