२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेले सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने

नेकपा एमालेले सुदूरपश्चिम प्रदेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र) नेतृत्वमा रहेको सरकारको समर्थन फिर्ता लिने निर्णय भएको हो।  

सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने तथा मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २५ सदस्य छन्। यस्तै सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका १३ जना छन्। माओवादीले एक सदस्यलाई यसअघि नै कारवाही गरेर हटाइसकेको छ। कांग्रेसका १२ सदस्यले प्रतिनिधित्व गर्दा जनता समाजवादी पार्टी नेपालका दुई सदस्य छन्। तत्काल कायम रहेको ५२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न २७ सदस्य आवश्यक पर्छ। माओवादी केन्द्र, कांग्रेस र जसपा मिलेमा सरकारलाई सजिलो पर्छ। केन्द्रमा जसपा  प्रधानमन्त्री केपी ओलीको सरकारकै निरन्तरताको चाहनामा रहेको हुनाले  एमालेबाहेक माओवादीले सरकार बनाउन सक्ने सम्भावना कम छ।

एमालेबाट सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले आधिकारिक जानकारी आएपछि छलफल गरिने जानकारी दिए।

प्रकाशित: १० जेष्ठ २०७८ १५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App