२१ आश्विन २०७९ शुक्रबार

काभ्रेमा प्रतिनिधिसभातर्फ बाँस्कोटा र लामालाई टिकट

काभ्रे १ प्रतिनिधिसभा तर्फ रेशम लामाले टिकट पाएका छन् भने काभ्रे २ मा गोकुल बाँस्कोटाले पाएका छन्।

देउवालाई हराउन काँग्रेस बीपीका कर्ण मल्ललाई एमालको समर्थन

एमालेले सुदूरपश्चिमका १५ वटा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार तय गर्दा देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा भने उम्मेदवार नउठाइ कर्ण मल्ललाई समर्थन गर्ने भएको हो।

अछाममा भीम रावलले पाएनन् टिकट, झपट बोहरा एमालेको उम्मेदवार

अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत सिफारिस गरेपनि उनलाई पार्टीले अछाम-१ मा एमालेबाट प्रतिनिधिसभातर्फको टिकट दिएन।

जसपासँग वार्ता जारी छ, टुंगिएको छैन: उपाध्यक्ष ज्ञवाली

समाचारको सारांशउनका अनुसार वार्तामा एमाले अध्यक्ष केपी ओली सहित एमाले नेता तथा जसपाका अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरु सहभागी छन्।

स्वतन्त्र उम्मेदवार बन्ने एमाले नेतृ गंगा चौधरीको घोषणा

शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको उनले बताएकी हुन्।

एकीकृत समाजवादीका नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश

बिहीबार साँझ बालकोटमा नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चौधरी लगायत नेताहरूलाई माला र टीका लगाई पार्टी प्रवेश गराएका थिए।

नेकपा एमाले म्याराथन दौडिने पार्टी हो: अध्यक्ष ओली

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको प्रष्ट पारे। अध्यक्ष ओलीले भने, ‘निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ, यो रिले रेस होइन, म्याराथन दौडिने पार्टी हो।’

‘मुलुकको समृद्धि र विकास निर्वाचनको मुद्दा हो’

नेता पोखरेलले मुलुक निर्वाचनमा होमिएकाले सञ्चारमाध्यमले सही विषयलाई सही र गलत विषयलाई गलत नैरूपमा विश्लेषण गर्नुपर्ने बताए।

एमालेले समानुपातिक बन्दसूची संशोधन गरेर भोलि बुझाउने

बिहीबार राति अबेर सम्म बसेको सचिवालय बैठकले केही बन्दसूची हेरफेर गरेर १५ गते बुझाउने तयारी गरिरहेको बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए।

एमालेको सचिवालय बैठक सुरु, चुनावी तालमेल गर्ने विषयमा छलफल हुँदै

बैठकमा लोकतान्त्रिक समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायतका दलहरूसँग चुनावी तालमेल गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ।

एमाले सचिवालय बैठक बालकोटमा जारी

आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन बैठक बसेको नेताहरुको भनाइ छ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नन्दसिंह बुढा एमालेमा प्रवेश

बिहिबार एमाले महासचिव शङ्कर पोखरेलले उनलाई पार्टीमा स्वागत गरेका हुन्। उनले मन्त्री बन्नकै लागि ‘फ्लोर क्रस’ गरेर लामो समयसम्म उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए।

उम्मेदवारबारे छलफल गर्न एमाले सचिवालय बैठक

नेकपा एमालेले प्रतिनिधि र प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

नेकपा एमालेकाे सचिवालय बैठक बिहिबार

प्रतिनिधि र प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल गर्न बिहीबार दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेगरी बैठक बोलाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्