नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहणलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक बैठकको तयारीमा जुटेको छ।
पार्टीले आजै दिउँसो ४ बजे केन्द्रीय समिति र साँझ ५ बजे संसदीय दलको बैठक बोलाएको हो।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार शपथ ग्रहण सकिएलगत्तै पार्टीका नेता तथा सांसदहरू बैठकका लागि वनस्थलीस्थित केन्द्रीय कार्यालयमा भेला हुने क्रम जारी छ।
‘कार्यालयमा बैठकको तयारी अन्तिम अवस्थामा पुगेको छ,’ प्रवक्ता झाले भने।
शपथ ग्रहणपश्चात् सांसद तथा केन्द्रीय सदस्यहरू संसद् भवनबाट सिधै पार्टी कार्यालय पुगेका हुन्। पूर्वनिर्धारित तालिकाअनुसार ४ बजे केन्द्रीय समितिको बैठक बसेलगत्तै ५ बजे संसदीय दलको बैठक सुरु हुने पार्टीले जनाएको छ।
प्रकाशित: १२ चैत्र २०८२ १५:३६ बिहीबार





