१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

शपथमा मोबाइल हेरेको भिडियो आएपछि हर्कले भने- बालेन र रवि ढिलो आएको किन नदेखेको ?

<br>

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शपथ ग्रहण समारोहमा आफूले मोबाइल हेरेको विषयलाई मिडियाले भाइरल बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

उनले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह शपथ ग्रहण १२ मिनेट ढिलो आएपनि मिडियाले बेवास्ता गरेको उनको भनाइ छ। समारोहमा आफ्नो सामान्य गतिविधिलाई ठुलो विषय बनाइएको भन्दै उनले असन्तुष्टि पोखेका हुन्।

‘मैले मोबाइल हेरेको भाइरल बनाउने मिडियाले बालेनजी र रविजीले गर्दा १२ मिनेट ४६ सेकेन्ड ढिलो शपथ भएको किन नदेखेको ?’ साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित: १२ चैत्र २०८२ १६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App