प्रतिनिधिसभा सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरुले विशेष समारोहका बीच जेष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराए।
शपथमा सांसदहरु विभिन्न धर्मसंस्कृति झल्कने भेषभुषामा पुगेका थिए। सोहीक्रममा दुई पूर्व सञ्चारकर्मीहरु भने एउटै पहिरनमा देखिए। पूर्वसञ्चारकर्मी एवं पूर्वसञ्चारमन्त्री समेत रहेका जगदीश खरेल र पूर्वसञ्चारकर्मी राजीव खत्री शपथमा पुग्ला एकै पहिरनमा पुगेका हुन्।
प्रकाशित: १२ चैत्र २०८२ १५:४१ बिहीबार





