अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार अहिले कास्की, लमजुङ, गोरखा, नुवाकोट, सिन्धुपाल्चोक लगायतका जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको हो।
पानी पारिरहेको यो प्रणाली पूर्वतिर सर्दै गइरहेको विभागले जानकारी दिएको छ। विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यही प्रणालीको प्रभावले भोलि (शुक्रबार) र पर्सि (शनिबार) देशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ्, हावाहुरी रअसिना सहित वर्षा र हिमपातको सम्भावना रहेको जानकारी गराएको छ।
प्रकाशित: १२ चैत्र २०८२ १५:४३ बिहीबार





