१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

कौरव र पाण्डवको प्रसंग सम्झँदै ओलीले सांसदलाई भने- आकार सानो भयो भनेर चिन्ता नलिनूस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा पार्टीको आकार सानो भयो भनेर चिन्ता नलिन सांसदहरूलाई सुझाएका छन् ।  

पार्टी कार्यालय च्यासलमा एमाले सांसदहरूसँग छलफल गर्दै उनले चौतर्फी घेरबन्दीका बापजुत एमालेको यो उपस्थिति मजबुद भएको बताए ।  

निर्वाचनको परिणाम अस्वभाविकमात्र नभइ अपत्यारिलो र जादुमय भएको टिप्पणी ओलीको छ ।  

उनले भने, ‘निर्वाचन परिणामबारे धेरै टिप्पणी गर्ने बेला भएको छैन । यो निर्वाचन परिणाम अनपेक्षित, अस्वभाविक, अपत्यारिलो तथा जादुमय छ । हाम्रा विरोधिले हाम्रा उद्देश्यका विरोधिले हाम्रा विरुद्ध सम्पूर्ण प्रहार केन्द्रित गरे । उनीहरुलाई धेरैतिरको सहयोग भयो ।’

एमालेको सभ्य शैलीले त्यसको प्रतिवाद गर्न नसकेको पनि उनले सुनाए ।  

उनले महाभारतको कथा सुनाउँदै भने, ‘महाभारतमा कौरवको सेना धेरै ठूलो थियो । पाण्डवको सानो थियो । तर नतिजा सत्यको पक्षमा आयो । सत्यको पक्षमा आउँछ । राष्ट्रिय गौरवको झण्डालाई माथि उठाउने काममा हामी लागेका छौं ।’

प्रकाशित: १२ चैत्र २०८२ १६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App